महाशिवरात्रिमा शान्ति शोभायात्रा

Avatar आदर्श समाज सम्वाददाता
फागुन २७, २०७७
brahmakumari

पोखरा । महाशिवरात्रि पर्व अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय पोखराले शिव ध्वजारोहण, शान्ति शोभायात्रा तथा स्नेहमिलन कार्यक्रम आयोजना ग¥यो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले खराब प्रवृत्ति त्यागेर सच्चरित्र अवलम्बन गर्ने दिनको रुपमा महाशिवरात्रि रहेको उल्लेख गरे । उनले आफ्नो व्यापार व्यवसाय अलावा ब्रह्मकुमारीमा लागेर धेरैले मानवीय सेवा प्रदान गरिरहेको आफूले देखेको बताए ।

गण्डकी प्रदेश सांसद मीना गुरुङले सृष्टिकर्ता परमात्माको स्मरण गर्दै प्राप्त ज्ञानलाई मानव कल्याणमा लगाउनु पर्नेमा जोड दिइन् ।

अध्यक्षको आसनबाट संस्थाकी अध्यक्ष ब्रह्मकुमारी परिणीताले भगवान् शिव नै शान्तिको स्रोत भएको उल्लेख गर्दै आजको दिनमा मानव कल्याणमा लाग्ने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिइन् ।

संस्थाका महासचिव वरिष्ठ राजयोगी ब्रह्मकुमार शैलेशराज बरालले महाशिवरात्रि परम्परागत रुपमा मनाइँदै आएको भए पनि ब्रह्मकुमारी विश्वविद्यालय ८५ औं दिवस रुपमा मनाएको बताए ।

कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारकी सञ्चालिका ब्रह्माकुमारी शोभाले गरेकी थिइन् ।

झण्डोत्तोलन समारोहपछि नयाँबजारबाट रथयात्रासहित निस्केको शान्ति शोभा यात्रा पोखरा–११, फूलबारीस्थित निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रमा पुगी समापन भएको थियो ।
महाशिवरात्रि पर्व अवसरमा पोखराका विभिन्न शिव मन्दिरमा शिव पूजा, भजन कीर्तन लगायत कार्यक्रम भएका थिए ।

Related News

सम्बन्धित समाचार

    • पुष्करेश्वर शिव मन्दिरमा नयाँ कार्यसमिति

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ४, २०७८
      पोखरा। पोखरा–७ स्थित पुष्करेश्वर शिव मन्दिरको छैटौं साधारणसभा तथा अधिवेशनले पिताम्बर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति…
    • हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३, २०७८
      ललितपुर । ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला…
    • भट्टराई कुलवंश प्रतिष्ठानको महाधिवेशन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २१, २०७७
      पोखरा । भट्टराई कुलवंश प्रतिष्ठान नेपालको २७ औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन पोखरामा शुक्रबार सुरु भयो । महाधिवेशनको सर्वोच्च…
    • विश्व हिन्दू महासंघको प्रशिक्षण

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा विश्व हिन्दू महासंघ नेपाल पोखरा महानगर कमिटीको आयोजनामा हिन्दू संस्कृति र सनातन…
    • विसं २०७८ मा तीन दशैँ   

      rss रासस फागुन १७, २०७७
      काठमाडौँ, १७ फागुन । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा…

    hero news full width

    sanil ads

    wordlink ads