रुपा गाउँपालिकामा ‘रत्न सम्मान’

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७७
rupa

हेमजा । रुपा गाउँपालिकाले विभिन्न विधामा विशिष्ट योगदान पु¥याउनेहरुलाई ‘रुपा रत्न सम्मान’ गरेको छ ।

सम्मानित हुनेमा साहित्यकार अमर न्यौपाने, हरिहर खनाल, प्रकट पगेनी शिव, रामबावु सुवेदी, सूर्य खड्का विखर्ची, पत्रकार बद्रीविनोद प्रतीक रहेका छन् ।

त्यस्तै रंगकर्मी माओत्से गुरुङ, वैज्ञानिक रदिवल्ला मियाँ तथा खेलाडीहरु चन्द्रबहादुर गुरुङ, रमिला टि खत्री, सुवास खड्का, सुनिल रानामगर र दीपेश आले पनि सम्मानित भए । स्थापनाको पाँचौं वर्ष अवसरमा ‘रुपाको संगालो–२०७७’ विमोचन गरियो ।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री टोपबहादुर रायमाझीले राजनीति सरल तरिकाले नचल्ने बताए । ‘राजनीति भन्ने कुरा सरल रेखाजस्तो हुँदैन,’ उनले भने, ‘यो मौसम जस्तै हो । भखरै पानी पर्न पनि सक्छ र घाम लाग्न सक्छ, बादल लाग्न पनि त सक्छ ।’

देशमा राजनीतिक संकटबीच पनि विकास निर्माणले तीव्रता पाएको चर्चा गर्दै मन्त्री रायमाझीले जसअनुसार रुपामा पनि कार्य भएको औँल्याए । अबव आफूहरु विकास र समृद्घिको एजेन्डा लिएर जनतामाझ जाने उनले स्पष्ट पारे ।

उनले रुपा ताललाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने पनि औँल्याए । ताल व्यवस्थापनका लागि करिब ४ अर्बको योजना पर्दैछ, मुआब्जालाई पनि सजिलै टुंगाउँछौं र त्यसपछि रुपाताललाई मिनी फेवातालका रुपमा विकास गछौं,’ मन्त्री रायमाझीले भने ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रुपामा विकास निर्माणका लागि धेरै पहल भइरहेको बताए । उनले बहुवर्षे परियोजना निर्माण गरी कार्यान्वयनमा लैजान मन्त्री रायमाझीको ध्यानाकर्षण गराए ।

प्रदेश सदस्य दीपक कोइरालाले लामो संघर्षपछि देशमा संघीयता आएको भन्दै त्यसले विकास निर्माण दिएको औँल्याए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले आफूहरु ‘रुपाको पहिचानः सबै क्षेत्रमा समृद्घिको अभियान’ नारामा साथ अगाडि बढेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण थापा, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, नेपाली काँग्रेस रुपा सभापति तुलबहादुर गुरुङ, साहित्यकार हरिहर खनाल लगायतले रुपाले नाम जस्तै काम गरेको भन्दै प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width