मिथिला शर्मा पोखरामा सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७७
mithilaa

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार–२०७६’ बाट अभिनेत्री मिथिला शर्मा सम्मानित भएकी छन् । नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा पोखरामा बिहीबार उनलाई १ लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गरियो ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, केन्द्रका महासचिव एमडी काफ्ले लगायतले बोलेका थिए ।

सम्मानित अभिनेत्री शर्माले सिक्ने र सिकाउने क्रमको यात्राबाट आफू कहिल्यै पछि नहट्ने बताइन् । सम्मानको सत्प्रतिशत सम्मान राख्दै यस क्षेत्रमा अगाडि बढ्ने उनको प्रतिबद्धता थियो ।

प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कारबाट यसअघि अम्मर गुरुङ, दीप श्रेष्ठ, रन्जित गजमेर, सरोजगोपाल बज्राचार्य, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, धनबहादुर गायक र श्यामलाल श्रेष्ठ सम्मानित भैसकेका छन् ।

केन्द्रका संस्थापक अध्यक्ष स्व. लालबहादुर ढेवाजूको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा अक्षयकोष खडा गरी लालबहादुर ढेवाजू स्मृति संगीत पुरस्कार सञ्चालन गर्ने जिम्मेवारी केन्द्रलाई प्रदान गरेकी हुन् ।

अक्षयकोष दाता चण्डेश्वरीको निधनपछि २०६९ सालमा छोरीहरुले आफ्ना मातापिताको नामबाट पुरस्कार वितरण गर्दै आउनुभएको संगीत प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष गौतम विजुक्छेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width