बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिनुभयो ।
घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उहाँको भनाइ छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।
ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१