हेमजा । कोरोना महामारीको प्रभाव विश्वभर परेको छ । विश्वभरका मानिस नागरिक कोरोना त्रासमा बाँच्न बाध्य भए । माहामारीको प्रभाव घटेसँगै कोरोना खोप समेत आएपछि खुसियाली छाएको छ ।
नेपालमा पनि सरकारले यही फागुन २३ गतेदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोपको व्यवस्था गरेको छ । सरकारले सम्बन्धित वडाको स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरे पनि दुर्गम गाउँमा ज्येष्ठ नागरिकलाई खोप केन्द्रसम्म पुग्न भने असुविधा छ ।
यस्तै विकट गाउँका ज्येष्ठ नागरिकलाई खोप केन्द्रसम्म आउन समस्या देखिएपछि कास्कीका १ मनकारी जनप्रतिनिधि सूर्य गुरुङले निशुल्क बसको व्यवस्था गरेका छन् । नेकपा एमालेका तर्फबाट माछापुच्छ्रे गाउँपालिका १ को वडा सदस्यमा निर्वाचित सूर्य गुरुङले वडाका दुर्गम भेगका बृद्धबृद्धालाई माछापुच्छ्रे स्वास्थ्य चौकीसम्म खोप लगाउन आउन जान निशुल्क व्यवस्था गरेका हुन् ।
वडासदस्य गुरुङले आफूले जनप्रतिनिधि भए बापत प्राप्त भत्ताबाट ज्येष्ठ नागरिकका लागि उक्त सहयोग उपलव्ध गराएको बताए । वडा नं १ का दुर्गम साँदल, ज्यामिरबारी, कपुचे, करुवा, भलाउँदी, छिवाङ, रुम्जा तथा धिप्राङबासीलाई खोप केन्द्रसम्म आउन जान बसको व्यवस्था गरेपछि बुद्धबृद्धा खुसी भएका छन् । १ सय भन्दा बढी ज्येष्ठ नागरिकले खोप लगाउन आउँदा गाडीको सुविधा प्राप्त गरेका छन् ।
गुरुङले भने, ‘नेपाल सरकारले जनतालाई निशुल्क खोपको व्यवस्था गरेको छ तर विकट गाउँमा नागरिकलाई खोप लगाउन आउन समेत समस्या भएपछि निशुल्क गाडीको व्यवस्था गरेको हुँ ।’
जनप्रतिनिधिको सुविधा पनि जनताको हितमा लगाउने योजना अनुसार सहयोग गरेको उनले प्रस्ट्याए ।
उनले भने, ‘जनताको सेवा गर्छु भनेर चुनावमा भनेको थिएँ । सोही अनुसार काम गरिरहेको छु । आगामी दिनमा पनि सेवा मूलक काममा निरन्तर लागि रहन्छु ।’ वडासदस्य गुरुङले खोप केन्द्रमा आउनेहरुलाई जुसको समेत व्यवस्था गरेको जानकारी दिए ।
वडा सदस्य निर्वाचित हुनुअघि पनि गाउँमा सामाजिक कार्यमा गुरुङ सक्रिय थिए । उनले आफ्नो आमाको स्मृतिमा ८ लाख खर्चमा गाउँमा ११ कोठाको शौचालय निर्माण लगायतका काम गरेको छन् । साविक माछापुच्छे«लाई खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम अन्तर्गत गुरुङको अगुवाइमा सुपरीवेक्षण तथा खानेपानी कार्यालयको लगानीमा १ घर १ धारा तथा १ घर १ शौचालय कार्यक्रम प्रभावकारी कार्यान्वयन पनि गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
सांसद पद खोसिएका ४ मन्त्रीको आज फेरि शपथ
विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
पत्रकार महासंघ कास्कीको २५० मतसम्मको नतिजा
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७