कास्कीको भिँडाबारीमा आँगन छेवैमा पिच बाटो, स्थानीय हर्षित

श्रीभद्र पौडेल
फागुन २७, २०७७
road peatch

कास्कीको माछापुच्छ्रे–६, भिडाबारीमा सडक पिच गरिँदै । तस्बिर: श्रीभद्र पौडेल

हेमजा । अघिल्लो पुस्ताकालाई लाग्थ्यो, बाटो सानो बनाएर गरा बिराउन पाए हुने । धेरै सन्तान, पालनपोषणमा समस्या । त्यसैले बाटो कम छोडेर भए पनि खेतीपातीका लागि गरा बिराउने चलन थियो । अहिले त्यस्तो छैन । समय फेरियो । परिस्थितिले कोल्टो फेर्‍यो । आममान्यतामा बदलियो ।

बिस्तारै विकास गाउँ छिर्‍यो । गाउँघरमा खेतबारी भत्काएर डोजर र जेसिबी देखिन थाले ।

अहिले जग्गा घटाउने तर बाटो बढाउने प्रचलन छ । माछापुच्छ्रे–६, धितालका टीकाराम परियारले पनि पहिले पहिले खेतीपातीका लागि भन्दै धेरै जग्गा बिराए । परिवारका सदस्य पाल्न सजिलो भयो । चालीसको दशकतिर उनी पोखरा आउजाउ गर्दा यातायातको महत्व बुझ्न थाले । पोखरामा चल्ने जस्ता गाडी आफ्नो गाउँमा कहिले पुग्ने होलान् भन्ने लागेछ । उनी कल्पनामै हराए ।

बिस्तारै विकास गाउँ छिर्‍याे । गाउँघरमा खेतबारी भत्काएर डोजर र जेसिबी देखिन थाले । २०५१/०५२ सालतिरको कुरो हो, धितालमा एकसरो बाटो पुग्यो । त्यही बाटोलाई १/२ वर्ष अन्तरातमा तत्कालीन गाविसको बजेटबाट स्तरोन्नति गरिँदै लगियो । तैपनि सोचेजस्तो प्रगति भएन ।

२ वर्षअघिमात्र हेमजाको मेलबोट, खानेपानी मुहान, लुम्रे हुँदै सिधिङसम्मको सडक स्तरोन्नतिका लागि २६ करोड बढीको टेन्डर पर्‍यो । त्यो खबरले उनी हर्षित बने । २०७५ सालदेखि सुरु योजना २ वर्ष अन्तरालसँगै टीकारामको घर नजिकैको बाटो हेर्दाहेर्दै कालोपत्रे भइरहेको छ ।

‘पहिला पहिला खाली खुट्टा कति हिँडियो कति । अब सुविस्ता हुने भयो ।’ उनले भने, ‘कालोपत्रे निर्माण सम्पन्नपछि कोही मानिस यदि दुःख बिमार हुँदा समयमै प्रदेश राजधानी पोखराका ठूल्ठूला अस्पताल पुग्न सजिलो हुने भयो ।’
धितालकै तारापति गौतम पनि सडक पिच भइराखेको देखेर निकै खुसी छन् । ‘अब मेरो त उमेर ढल्कियो । जे भए पनि बाटो पिच भएको देख्न पाइयो ।’

परियार र गौतमजस्तै माछापुच्छे« गाउँपालिकावासी हेमजास्थित मेलबोटदेखि खानेपानी मुहान, लुम्रे हुँदै सिदिङसम्मको सडक स्तरोन्नति अन्तिम चरणमा पुगेसँगै खुसी भएका छन् । पालिका प्रवेश गर्ने मुख्य मार्ग कालोपत्रे हुन थालेको र प्रदेश राजधानी पोखरा आवातजावतमा सहज हुने, कृषि उत्पादनले बजार पाउने, पठनपाठनमा सहजता हुने तथा रोगव्याधी लाग्दा उपचारमा सजिलो हुने उनीहरुको भनाइ छ ।

सडक स्तरोन्नति अन्तर्गत यतिबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लगानीमा भिडावारी, लुम्रे र एक्ले घर क्षेत्रमा गरी ३ ठाउँमा धमाधम कालोपत्रे भइरहेको छ । कुल १५.९ किलोमिटर लम्बाइको सो सडकखण्ड निर्माण अन्तर्गत हालसम्म करिब ८५ प्रतिशत निर्माण सकिएको निर्माण कम्पनी हिमदुङ एन्ड थोकर जेभी काठमाडौंका प्रतिनिधि ऋषि गौतमले जानकारी दिए । सडक पिच गर्न दैनिक ६५ मजदुर खटिएका छन् । हाल ३ किमीभन्दा बढी सडक कालोपत्रे भइसकेको छ । त्यस्तै १ हजार ४ सय मिटर ढलान र केही ग्राभेल भएको छ । आगामी महिनासम्म सम्पूर्ण कार्य सक्ने योजना छ ।

कुल २६ करोड १ लाख ९७ हजार रुपैयाँ लगानीमा सडकखण्ड स्तरोन्नति गरिएको हो । डेढ वर्षमै सक्ने गरी २०७५ असार २७ मा सोको सम्झौता भएको थियो ।

.

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width