वर्षाको ‘सुनको गजुर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
Babita Song Photo

पोखरा। लोक दोहोरी गायिका बबिता रोका ‘वर्षा’ को ‘सुनको गजुर’ को म्यूजिक भिडियो बुधबार सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गितको भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियो हेरिसकेपछि मन्त्री गुरुङले गित मौलिक र समय सान्र्दभिक रहेको प्रतिक्रिया दिए । गितले समाजको वास्तविक चित्र बोल्नुपर्ने उनको धारणा थियो । भ्यूज र चर्चाका लागि जस्तो मन लाग्यो त्यस्तै गित बजारमा ल्याउन नहुने उनको भनाई छ ।

काठमण्डौंमा छायांकन गरिएको म्यूजिक भिडियोमा विजय पुन, चन्द्रमा थापा मगर, अनिश गुरुङ र दिपा केसीको अभिनय रहेको छ । भिडियोको निर्देशन शेरबहादुर गुरुङले गरेका हुन् ।

बबिता रोका ‘वर्षा’ र शनि विकको स्वर रहेको गितमा आशराम गुरुङको शब्द र संगित रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width