लेखनाथमा डायमन्ड  रनिङ सिल्ड जारी

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
volley ball

लेखनाथ । डायमन्ड माध्यमिक विद्यालयमा जारी तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार भलिबल, क्रिकेट तथा टेबल टेनिसका खेल भएका छन् ।
भलिबलतर्फ स्कुल समूह ‘ए’ ले कक्षा ११ विज्ञान समूहलाई २—० को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको छ ।

दोस्रो सेमिफाइनलमा कक्षा ११ व्यवस्थापन समूहले स्कुल समूह ‘बि’ लाई २—० सेटमा पाखा लगाउँदै स्कुल ‘ए’ समूहसँग फाइनलको भेट पक्का गरेको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिए ।

टेबलटेनिस छात्रातर्फ कक्षा १० कि अंकिता गुरुङलाई हराउँदै कक्षा ८ की कृपा थापा फाइनल पुगेकी छन् । अर्को सेमिफाइनलका कक्षा १० कि अनुषा गौतमले वीतिसा अधिकारीलाई हराउँदै उपाधि नजिक पुगिन् ।

सोही स्पर्धाको छात्रतर्फ सुशील केसीलाई अनुप गुरुङले हराए भने अर्काे खेलमा सञ्चन क्षेष्ठले एरिक गुरुङलाई पाखा लगाउँदै फाइनल पुगेका छन् ।

त्यस्तै, क्रिकेटमा स्कुल समूह कक्षा १० र कक्षा १२ व्यवस्थापन समूह बीचको खेलमा पहिला टस जितेर व्याटिङ्ग रोजेको स्कुल समूहले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको कक्षा १२ व्यवस्थापन समूहले वर्षात्ले प्रभावित खेलमा ७ ओभरमा ३९ रन हँुदा ६ विकेट गुमाउन पुगेकोमा डिएलएस नियमको आधारमा स्कुल समूह कक्षा १० विजयी भयो ।

खेलमा कक्षा ६ का अशोकराज तिमिल्सेनाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएको विद्यालयका शिक्षक नारायण वाग्लेले जानकारी दिए ।

खेलकुद प्रतियोगिता फागुन २८ सम्म सञ्चालन हुने विद्यालयमा सूचना प्रविधि तथा सञ्चार संयोजक सुमन जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width