पोखरामा खुल्यो डल्ले मःमको फ्रेन्चाइज

Avatar आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
dalle momo

पोखरा ।काठमाडौं र बुटवलका उपभोक्ताको मन जितिसकेको ‘डल्ले मःम’ अब पोखरामै पाइने भएको छ । पोखराको चिप्लेढुंगा नजिकै मानवअधिकार चोकमा डल्ले मःमको फ्रेन्चाइज सञ्चालनमा आएको छ । उक्त शाखाको पूर्व मिस नेपाल अनुस्का श्रेष्ठले बुधबार रिबन काटेर उद्घाटन गरिन् ।

काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान गर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो ।

११ वर्ष पहिला काठमाडौंमा आलोक योञ्जन र सुवास गौचनले डल्ले मःम रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए ।

अहिले काठमाडौंमा ८ र बुटलवलको २ ठाउँमा डल्ले मःमको फ्रेन्चाइज छन् ।

पोखरामा सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले चेन व्यवसायका रुपमा फ्रेन्चाइज सञ्चालनमा ल्याएका हुन् ।

पोहोर नै शाखा खोल्ने तयारीमा रहेका उनीहरु कोरोनाका कारण रोकिएका थिए । रेस्टुरेन्टमा मःम मात्र नभएर सबैखाले फास्टफुट पाइने सञ्चालक भट्टराईले बताए ।

ससना पार्टी समेत गर्न मिल्ने गरी ठाउँ व्यवस्थापन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै