मुख्यमन्त्री नआएपछि मन्चमै राईझुमा…

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७७
raijhuma

पाेखरा ।  पाेखरा महानगरपालिकाकाे आज पाँचाै स्थापना दिवस ।  महानगरपालिकाले  पाेखरा सभागृहमा भब्य कार्यक्रम  तयारी गर्याे । जसका प्रमुख अतिथि हुन् गण्डकीका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । उनी काठमाडाैंमा  पार्टीकाे  आन्तरिक छलफलमै थिए ।

ब्यस्तताकै बीचबाट उनलाई प्रमुख अतिथिमा आमन्त्रण गरियाे । उनी आउँछु भनेर आश्वासन दिए । तर कार्यक्रम सकिने बेलासम्म उनी कार्यक्रममा सहभागी भएनन् ।

पाेखरा सभागृहमा  मुख्यमन्त्री नआएपछि  कार्यक्रमकाे मन्चमै सुरु भयाे राईझुमा गीत । कार्यपालिका सदस्य राधिका शाहीले गीत गाइन् । मन्चका सबै नाच्न थाले ।

मुख्यमन्त्रीकै प्रतीक्षाका लागि  कुर्न कार्यक्रम अनाबश्यक लम्बेतान बनाइयाे । बिहान ८ बजे भनिएकाे कार्यक्रममा ११ बजेसम्म  पनि   प्रमुख अतिथिलाइ नै कुरेर बस्दा सहभागी समेत  आजित देखिन्थे ।

Related News

सम्बन्धित समाचार

hero news full width