सेती नहर सिँचाइ ठप्प पार्ने मुआब्जा नपाएका किसानको चेतावनी

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
seti (2)

पोखरा । तत्कालीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कास्कीको मातहतमा रहेको पोखरा जल उपयोग (सेती नगर) सिँचाइ प्रणालीको डिसिल्टिङ बेसिन तथा साइट अफिस निर्माण गर्न भनी पोखराको लामाचौरमा  ३० वर्षअघि जग्गा अधिग्रहण गरियो । तत्कालीन लामाचौर ९ (हाल पोखरा–१६) गारतारोमा ५१ जनाको नाममा रहेको करिब १ सय ३५ रोपनी जग्गा मुआब्जाको आश्वासनमा कब्जा भयो ।

त्यो समय थियो, २०४७ साल । अहिले ३० वर्ष बितिसकेको छ । तर स्थानीयले अहिलेसम्म मुआब्जा पाएका छैनन् । आफ्नो हकभोगको जग्गा अधिग्रहण गरिएपछि मुआब्जा माग गर्दै उनीहरु अदालतको ढोकासम्म चहारे । तत्कालीन पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेको उक्त मुद्दामा अदालतले उनीहरुकै पक्षमा फैसला समेत ग¥यो । तर फैसलाको कार्यान्वयन हुन नसकेकोपछि उनीहरुले २ वर्षअघि संघर्ष समिति नै गठन गरी निरन्तर आन्दोलन गरिरहेका छन् ।

यसैक्रममा गारतारो कसेरी संघर्ष समिति, पोखरा–१६ ले मंगलबार पोखराको भद्रकालीस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा धर्ना दिएका छन् ।
‘सर्वोच्चको फैसला कार्यान्वयन गर’, ‘जग्गाधनीलाई न्याय दे’, ‘कब्जा गरिएको जग्गा फिर्ता गर’ लगायत नाराअंकित प्लेकाड बोकेका उनीहरुले  १ घण्टा धर्ना दिएर कार्यालयमा  ज्ञापनपत्र बुझाएका छन् ।

संघर्ष समितिका एक सदस्य धर्मराज थापाका अनुसार संघर्ष समितिले आगामी चैत १७ सम्म माग पूरा गर्न अल्टिमेटम दिएको छ । यदि माग पूरा नभए चैत १८ देखि जग्गा फुकुवा नभएसम्म प्रत्येक बुधबार सेती नहरको पानी बन्द गर्ने, आगामी वैशाख १५ देखि बिहीबारदेखि पूरै सेती नहर सिँचाइ ठप्प पार्ने चेतावनी दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width