भक्तपुर । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको म्गलबारकाे बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।
यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ ।
बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ ।
कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो ।
विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो ।
बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१