गण्डकी बहुप्राविधिक शिक्षालयमा मन्टेश्वरी तालिम

Avatar आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
montessory training

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय आयोजनामा मन्टेश्वरी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ ।

तालिम पोखरा उपत्यका नगर विकास समितिको सभाहल र लेखनाथको भण्डारढिकस्थित हलमा सञ्चालन गरिने छ । दुवै स्थानमा वडाको सिफारिस आधारमा २५÷२५ जनाको सहभागिता छ । मिलन केसी र शान्ता खत्रीले तालिममा सहजीकरण गर्ने छन् ।

तालिम उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले प्राविधिक धारका विषयको महत्व बढ्दै गएको बताए । मन्टेश्वरी तालिमप्राप्त सक्षम जनशक्तिलाई रोजगारीका अवसर प्रदान गर्न उनले सरोकारवालासँग आग्रह समेत गरे ।

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले महानगरभित्रका आर्थिक रुपमा कमजोर तथा बेरोजगार महिलालाई सक्षम बनाई रोजगारीका अवसर सिर्जना गर्न तालिम सुरु भएको जानकारी दिए ।

पोखरा महानरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको अध्यक्षतामा भएको सिटिइभिटी गण्डकी प्रदेश प्रमुख सञ्जय न्यौपानेले प्राविधिक ज्ञानको महत्वबारे बोलेका थिए ।
सो अवसरमा शिक्षा महाशाखा अधिकृत विश्वराज आचार्यले पनि बोलेका थिए ।

शिक्षालयले यसअघि १५ जनाका लागि प्लम्बिङ तालिम दिइसकेको छ ।

Related News

सम्बन्धित समाचार

    • विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३, २०७८
      काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा पठनपाठनका सम्बन्धमा अस्पष्ट निर्णय गरेपछि बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने अन्योल उत्पन्न…
    • कुमुदिनी होम्सको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २, २०७८
      पोखरा । कुमुदिनी होम्सले बिहीबार कास्कीका २ विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेको छ । विद्यालयले माछापुच्छ्रे गाउँपालिकाको खादर्जुङस्थित बाराही प्राविका ७…
    • कास्कीका विद्यालय बन्द नहुने

      Bijay Nepal विजय नेपाल वैशाख २, २०७८
      पोखरा । सरकारले कास्कीसहित १४ जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित सूचीमा वर्गीकरण गर्दै सकेसम्म विद्यालय नजान अपील गरे पनि कास्कीका…
    • एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      काठमाडौँ, ३१ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय…
    • ‘विद्यार्थीको रोजाइमा टुरिजम कलेज’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराले विद्यार्थीका लागि स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक…

    hero news full width

    sanil ads

    wordlink ads