पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा १७ छोरेपाटनले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको छ ।
सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीका अनुसार क्याम्पसले आयोगबाट २०७७ फागुन १४ गते क्युएएको प्रमाणपत्र पाएको हो । उनका अनुसार क्याम्पसले आयोगबाट ५ वर्षका लागि प्रमाणपत्र पाएको हो ।
क्याम्पस प्रमुख धर्मराज बरालले प्रमाणपत्र प्राप्तिका लागि आयोगले गुणस्तरका लागि तोकेको नीति, नियम, भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्यांकन प्रक्रिया, समुदायसँगको सम्बन्ध, सामाजिक संघ संस्थासँग क्याम्पसको सम्बन्ध, अनुसन्धान, पाठ्यक्रम मूल्यांकन लगायत ८ मापदण्ड पूरा गरेको बताए ।
‘प्रतिवेदनको प्राविधिक अध्ययनका लागि विदेशी विज्ञसहितको टोलीले विभिन्न चरणमा अध्ययन भ्रमण, सरोकारवालासँग अन्तक्र्रिया तथा मूल्यांकनको आधारमा आयोगसमक्ष सिफारिस गरेको थियो,’क्याम्पस प्रमुख बरालले भने, ‘त्यसपछि आयोगको बैठकले प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको हो ।’
उनले उच्च शिक्षण संस्थाहरु गुणस्तरका न्यूनतम मापदण्ड पूरा गर्ने गरी सञ्चालित हुन भनेर सुनिश्चितताको प्रयोजनार्थ आयोगले संस्थागत प्रत्यायन प्रणाली लागु गरेको बताए । क्याम्पसले शैक्षिक उपलब्धि प्राप्त गरेको खुसीयालीमा सोमबार झाँकी बाजागाजा भजनसहित प्रभातफेरी निकालेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीले पर्यटकीय क्षेत्रको जनशक्ति उत्पादन गर्न क्याम्पसले ब्याचलर अफ होटल म्यानेजमेन्टको कार्यक्रम चलाएको बताए ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यले प्रमुख संरक्षकका रुपमा रहेको समितिले गुफाबाट आर्जित रकम शिक्षामा लगानी गर्ने नीति लिएको भनाइ राखे । कार्यक्रममा क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष ज्ञाज शर्मा वाग्ले, सञ्चालक समितिका सदस्य युवक लामिछाने लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१