पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
pradesh

पोखरा । एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ । सर्वोच्च अदालतले २ पार्टीको एकीकरणलाई नै बदर गरी तत्कालीन अवस्थामा पु¥याइदिएपछि एमालेका नेता कार्यकर्ता धमाधम बोर्ड फेर्ने काममा लागेका हुन् ।

यही क्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को गण्डकी प्रदेश कार्यालयको पुरानो बोर्ड फालेर कार्याकर्ताले एमालेको बोर्ड टाँगेका छन् । पार्टी प्रदेश सचिव गोविन्द नेपालीले अब सबै जिल्लाहरुमा यसैगरी बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए ।

धुम्बाराही पार्टी कार्यालयबाटै प्राप्त निर्देशन अनुसार देशभरसहित प्रदेशका सबै जिल्लाका बोर्ड फेर्न थालिएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width