जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…

Avatar आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
devghat

तनहुँ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा देवघाट गाउँपालिकाले अनौलो खालको प्रतियोगिता गरेको छ । श्रीमान्लाई बोकेर दौडिने सो प्रतियोगिता नेपालमै सम्भवतः पहिलो हो ।

जोडी दौड प्रतियोगिता विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम हुन सफल भयो । प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो, सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भयो ।

देवघाट–५ स्थित कालिका माविमा भएको प्रतियोगितामा १४ जोडीले भाग लिएको गाँउपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

जिल्लामा पहिलो पटक भएको श्रीमान् बोकेर दौडिने प्रतियोगिताको दूरी १ सय मिटरको थियो । महिलाहरु शारीरिक र मानसिक रुपमा पुरुष सरह सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाले बताए ।

विजेतालाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा, उपाध्यक्ष विमला थापाले संयुक्त रुपमा सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads