पोखरा । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा विश्व हिन्दू महासंघ नेपाल पोखरा महानगर कमिटीको आयोजनामा हिन्दू संस्कृति र सनातन धर्ममा नारीको महत्व विषयक प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रमुख प्रशिक्षक ब्रह्माकुमारी सुधाले प्रशिक्षण दिँदै वैदिक सनातन धर्मका शास्त्रहरुमा उल्लेख भए बमोजिम नारीलाई उच्च स्थानमा राखिएको बताइन् । पछिल्लो समय शास्त्रलाई बेवास्ता गरी पश्चिमाहरुको सिको गर्नाले धेरै नोक्सान हुन गएको उनको ठहर छ ।
विश्व हिन्दू महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खरालले जुन घरमा नारीको सम्मान सत्कार हुन्छ, त्यस घरमा देवी देवताको वास हुने बताए । उनले हरेक पुरुषले दृष्टि र सोचमा सकारात्मक लिएमात्रै कुनै पनि नारी अन्यायमा नपर्ने बताए ।
महासंघ कास्की अध्यक्ष पार्वता पौडेलले परापूर्वकालमा नारीको अधिकतम् सम्मान रहेको र बीचमा समाज बाहिरी संस्कृतिको सिको गर्दा आहार, विहार, विचार सबै देखासिकी हुन गइ नारीको सम्मान हुन नसकेको धारणा राखिन् ।
महासंघ पोखरा महानगर महिला कमिटी अध्यक्ष दुर्गादेवी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दैविक शक्ति खोज तथा उपचार केन्द्रका अध्यक्ष सफल थापा, सांस्कृतिक समूह संयोजक उषा माता, संघका महानगर कमिटी महासचिव शिव कोइराला लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन महानगर महिला समिति महासचिव सपना गिरीले गरेकी थिइन् ।
सो अवसरमा दैविक शक्ति खोज तथा उपचार केन्द्रले भजन प्रस्तुत गरेको थियो ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’
शिवालय मन्दिर उद्घाटन
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१