तस्बिर : सुदर्शन रञ्जित
पोखरा । बगर भाइखलकको आयोजनामा पोखरामा सोमबारदेखि भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा ‘चौथो स्व. रञ्जित गुरुङ स्मृति तथा दसौं बगर भाइखलक भेट्रान्स एट ‘ए’ साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ सुरु भएको हो । ‘स्वास्थका लागि १ घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता फागुन २९ गतेसम्म हुनेछ ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य एवं संसदीय दलका नेता मोहन रेग्मीले बल हस्तान्तरण गरी उद्घाटन गरे । २८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलबाट इन्द्रेणी एकीकृत विकास केन्द्रलाई २¬–१ गोल अन्तरले पराजित गर्दै पोखरा ११ भेट्रान्स विजयी बन्यो । पोखरा ११ को जीतमा शंकर केसी र भोजेन्द्र तामाङले समान १ गोल गरे । उक्त खेलमा पोखरा ११ का दीपेन्द्र तामाङ म्यान अफ द म्याच भए ।
त्यस्तै दोस्रो खेलमा आयोजक बगर भाइखलकले शृंखला भेट्रान्सलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । आयोजकको जीतमा म्यान अफ द म्याच घोषित मनोज गुरुङले २ गोलको योगदान दिए । भाइखलकका गंगा तामाङ र राजकुमार तामाङले समान १ गोलको योगदान दिए ।
सोमबार भएको अन्तिम खेलमा लेकसाइड भेट्रान्सलाई विष्णुपादुकाले १–० गोल अन्तरले हरायो । विष्णुपादुकाको जीतमा राजेन्द्र थापाले निर्णायक १ गोल गरे । उक्त खेलबाट विष्णुपादुकाका भरतबहादुर थापा म्यान अफ द म्याच भए ।
गण्डकी प्रदेश सभा विधायन समिति सभापति सांसद मोहन रेग्मीले पोखराको टुँडीखेल मैदानको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए । मैदानलाई प्रदेशको नै फुटबलको प्रशिक्षण केन्द्रका रुपमा अगाडि बढाउन आफ्नो साथ रहने उनको भनाइ थियो । पोखराको ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने टुँडीखेल मैदानको संरक्षण र विकासका लागि प्रदेश, स्थानीय र संघीय सरकारको सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
सभापति रेग्मीले उक्त अवसरमा पोखराका पूर्व राष्ट्रिय खेलाडी खेमबहादुर गुरुङलाई सम्मान गरे । २०२७ सालबाट खेलजीवन सुरु गरेका गुरुङलाई खेलकुदमा दिएको योगदानको कदर स्वरुप संस्थाले सम्मान गरेको हो । भूतर्पूव खेलाडी मञ्च नेपालका महासचिव रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा समेत क्रियाशील छन् ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले एन्फाका तर्फबाट विभिन्न खेल सामग्री उपलव्ध गराएका छन् भने मदन केसीले प्रतियोगिताका लागि १० थान बल संस्थाका अध्यक्ष दीलबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, वीरगञ्ज, बुटवल, वालिङ र पोखरा गरी २८ टिमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत मंगलबार ९ वटा खेल सञ्चालन हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले रनिङ सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ११ हजार १ सय ११ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद १० हजार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजारद्वारा पुरस्कृत गरिनेछ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८