म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
annapurna

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको गाउँसभाले चालू आवको योजना तथा बजेट संशोधन, शिक्षा र वातावरण सम्बन्धी विधेयक पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र पोखरे बगरमा सम्पन्न गाउँसभामा गाउँपालिका र वडा विभाजन गर्ने प्रस्ताव समेत पेस भएको छ ।

सभामा भौतिक पूर्वाधार समिति संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गरेको चालू आवको योजना संशोधन र अल्या बजेट बाँडफाँड सम्बन्धी प्रस्ताव पारित भएको छ । १ करोड ६ लाख २३ हजार रुपैयाँ बजेटको ३६ वटा योजना संसोधन भएको छ । गत आव २०७६÷०७७ मा खर्च हुन नसकेको २ करोड ४३ लाख १० हजार रुपैयाँ बजेट २८ वटा योजना तथा कार्यक्रममा विनियोजन भएको छ ।

सबैभन्दा बढी जनप्रतिनिधिको बैठक भत्ताका लागि ४० लाख विनियोजन भएको छ । सुनारी मोटरबाटो मर्मतमा १० लाख, कैलाश माविमा ग्याविन तथा सुख्खा पर्खाल बनाउन १० लाख, ठूलोबगर कटुञ्जे सडकलाई १० लाख, तातोपानी कुण्ड व्यवस्थापनमा ५ लाख, कृषि सामग्री तथा बोयर बोका खरिदमा ५ लाख, काभ्रे कृषि सडकलाई ८ लाख विनियोजन भएको जनाइएको छ ।

मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुननिर्माण तथा पुनस्र्थापनाका लागि १० लाख ५० हजार, प्रभा माविको छात्रावास भवन निर्माणमा १० लाख, रुप्से संगम युवा क्लब काभ्रेको खेलमैदान निर्माणमा १२ लाख, ठाडोस्वाँरा टुलेन नदी किनारमा ग्याविन जाली निर्माणमा १० लाख, नारच्याङ झरना जग सम्याउने तथा पार्किङ निर्माणमा १० लाख विनियोजन भएको छ ।

घारमा सभाहल निर्माणमा २० लाख, डोठे रिमा सडकलाई १३ लाख, मथेनी ठूलाखर्क सडकलाई ७ लाख, राम्चे खेलमैदानलाई १४ लाख, दोभान सडकलाई ६ लाख, पाउद्धार माविको पूर्वाधार निर्माणलाई ८ लाख ५० हजार, स्वाँत पुल पहिरो नियन्त्रण योजनालाई ४ लाख ८४ हजार र शैक्षिक प्रोफाइल बनाउन ६ लाख विनियोजन भएको छ ।

यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना र बजेट संशोधन गरेको गाउँसभाले आन्तरिक आम्दानीको दर संशोधन गरेको छ । कोरोनाका कारण तातोपानीका कुण्ड र पुनहिल प्रवेश शुल्कको आम्दानी प्रभावित भएपछि आम्दानीको दर संशोधन गर्ने प्रस्ताव उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेकी थिइन् ।

सामाजिक विकास समिति संयोजक ओमप्रकाश फगामीले पेस गरेको अन्नपूर्ण गाउँपालिकाको शिक्षा विधेयक र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक पारित भएको छ । शिक्षा विधेयकमा आधारभूत र माध्यमिक तहसम्मका विद्यालय सञ्चालन सम्बन्धी व्यवस्था छ ।

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयकले पूर्वाधार आयोजना सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने र फोहोर व्यवस्थापन विषयलाई समेटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए ।

उपाध्यक्ष मगरले हिमाली जिल्लाको नयाँ मापदण्ड अनुसार नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच बढाउन र विकास निर्माणलाई तीव्रता दिन पालिका र वडा विभाजन गर्ने प्रस्ताव पेस गरेकी थिइन् ।

अन्नपूर्ण वडा ५ र ६ को केही भागसहित वडा ७ र ८ लाई पुनहिल गाउँपालिका कायम गर्ने र हालको वडा ५, ६ र ७ लाई विभाजन गरी २–२ वटा वडा बनाउन उपाध्यक्ष मगरले सिफारिस गर्ने प्रस्ताव पेस गरेकी थिइन् । यसैगरी, वडा १, २, ३ र ४ लाई अन्नपूर्ण गाउँपालिकानै कायम गर्ने प्रस्ताव पेस गरिएको थियो । सभाका सदस्यले पालिका र वडा विभाजन गर्ने प्रस्तावमा बस्तीस्तरमा छलफल गरेर नागरिकको सुझाव अनुसार निर्णय लिनुपर्ने मत राखेका थिए ।

गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले संशोधन भएको अल्या बजेट, वातावरण तथा प्राकृतिक विधेयक र शिक्षा विधेयकलाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिन कार्यपालिका सदस्य र कर्मचारीलाई आग्रह गरे । छलफलमा गाउँसभा सदस्य रवीन्द्र गर्बुजा, बुद्धि पुन, रामबहादुर खड्का, दिलीप गर्बुजा, ओमप्रकाश फगामी, टीका घताने, गमप्रसाद फगामी लगायतले सहभागिता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width