पोखरा । पोखरा–१३ स्थित संगम टोल विकास संस्थाले संगमको पहिचान बनाउँदै टोलको चारैतर्फ गेट निर्माण गर्ने भएको छ ।
टोलको उत्तरतर्फको गेट केही समयअघि नै निर्माण भएको हो भने पूर्वतर्फ निर्माण भएको कलात्मक गेटको समेत उद्घाटन भएको छ । पूर्वतर्फको गेट दोस्रो भए पनि मूलद्वारको रुपमा मानी १ नं गेट भनी नामकरण गरिएको छ ।
गेट उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पोखरालाई सुन्दर बनाउने योजनाको नमुना संगम टोलको गेट पनि भएको बताए । उनले भने, ‘टोलवासी एक भए के हुँदैन भन्ने यो एक नमुना हो ।’ उनले धेरै विकास निर्माण कार्य अघि बढिरहेको बताउँदै सबैको प्रयासले पोखरा सुन्दर बनाउन सकिने उल्लेख गरे ।
पोखरा–१३ का वडाध्यक्ष दर्शन लामाले अब वडावासीले छिट्टै नै पानीको समस्याबाट मुक्ति पाउने जानकारी दिए ।
संस्थाका अध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वमबहादुर गुरुङले गेट निर्माणमा ७७ लाख रुपैयाँ खर्च भएको अवगत गराए ।
कार्यक्रममा आमा समूहकी सचिव तुलसी थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१