अमृताको स्मृतिमा परिवारद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
amrita news sworek

पोखरा । स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामग्री वितरण गरेको छ । स्वर्गीय अमृता पाण्डेयका बुवा, आमा, काका र दाजुभाउजुले छात्रछात्रातर्फ उत्कृष्ट अंक ल्याउने २ विद्यार्थी र जेहेन्दारतर्फ २ विद्यार्थी गरी ४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
सवारी दुर्घटनामा परि बहिनी गुमाएपछि दाजु घनश्याम पाण्डेले अक्षकोष निर्माण गरेर बहिनीले पढेको विद्यालयमा बर्सेनि ४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दे आएका छन् । माउन्ट कैलाश रिसोर्ट पोखराका नरेश भट्टराई, अमृताका श्रीमान् विष्णु देवकोटा, सांसद दीपक कोइराला, अमेरिकामा रहेकी विमला पाण्डे र अमृताका दाजु घनश्याम पाण्डेयले गरी १ लाख ५५ हजारको अक्षयकोष स्थापना गरिएको छ । त्यही रकमको ब्याजबाट बर्सेनि विद्यार्थीलाई छात्रवृत्ति वितरण हँुदै आएको छ ।

विद्यालयका प्रधानध्यापक हेमराज अर्यालले बहिनीले पढेको विद्यालयमा अमृताको स्मृतिमा पाण्डे परिवारले बर्सेनि गर्ने कार्यक्रमले विद्यार्थीमा समेत अमृता उत्कृष्ट पुरस्कार पाउन पढाइमा प्रतिस्पर्धा हुने गरेको बताए । यस वर्ष भेषकुमारी उत्कृष्ट पुरस्कार छात्रतर्फ आयुष गैरे र छात्रातर्फ सदीक्षा विकले प्राप्त गरे । जेहेन्दारतर्फ विश्व सेन र गीता कुँवरले प्राप्त गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक इन्द्रप्रसाद पराजुली (नवराज)ले पाण्डे परिवारले बहिनीको स्मृतिमा पाण्डे परिवारले गर्ने कार्यक्रमले अमृता हामी माझ नभए पनि बर्सेनि सबैले अमृतालाई सम्झने वातारण बनेको बताए । अमृताको २०६१ साल असार १८ गते बुटवलको नयाँ मिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोकाबाट लड्न पुग्दा सोही बसको ठक्करबाट ज्यान गएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width