पोखरा । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महिलाहरुले आरक्षणमा चित्त बुझाएर बस्ने नभई दक्षता बृद्धि गरेर पुरुषसँग प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैंगिक समानताको निम्ति महिला र पुरुषको भूमिका’ विषयक वक्तृत्वकता प्रतियोगिताको उद्घाटन गर्दै उनले महिलाका अधिकार स्थापित गर्न नियम कानुन राम्रा बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले महिला र पुरुषमा विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न महिला र पुरुषसँगसँगै अगाडि बढनुपर्नेमा जोड दिए । पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ पछिल्लो समय महिलाहरुका अधिकार संविधानमा स्थापित भएको बताइन् । उनले घरभित्रै चुलोचौकामा सिमित महिलाका प्रतिभा प्रष्फुटित गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको भनाइ राखिन् ।
महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले गृहिणी महिलाहरुलाई अवसर प्रदान गदै चुलो र चौकाबाट बाहि ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।
महानगरले गरेका वक्तृत्वकला प्रतियोगितामा महानगरपालिका वडा १३ की पूर्णकला गुरुङ प्रथम भएकी छन् । पोखरा २४ की सीता तिमिल्सिना द्वितीय, पोखरा ३० की मीना सिग्देल तृतीय र पोखरा १ की राधा बरालले सान्त्वना स्थान प्राप्त गर्न सफल भइन् ।
प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गरे । विजेता सबैलाई पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा फागुन २८ गते आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने महानगरले जनाएको छ । प्रतियोगितामा ४० वर्ष कटेका ३२ गृहिणीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी आमा समूह, टोल विकास सस्था तथा सहकारीहरुबाट पोखरा १३ को ज्योति वचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ । पोखरा १५ को जनशक्ति टोल सुधार आमा समूह द्वितीय, पोखरा ८ को प्रगति आमा समूह तृतीय र प्रतिभा टोल विकास संस्था पोखरा १४ ले सान्त्वना स्थान प्राप्त गरे । कार्यक्रममा पोखरा महानगरका १७ वटा समूहले सहभागीता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, इन्सेकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल, अधिवक्ता जानुका शर्मा र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगर थिए ।
Related News
सम्बन्धित समाचार
महिला उद्यमी संघले दियाे तालिम
होमस्टे प्रवद्र्धनमा पोखरका महिला पर्यटन व्यवसायी
महिला उद्यमी संघ कास्कीमा पार्वती रेग्मी सर्वसम्मत
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी
महिलालाई सीप विकास तालिम
hero news full width
मुख्य समाचार
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८