म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्रै कांग्रेसले सरकारमा जाने नजाने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औं जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताए ।
‘सत्ताको घोडामा चढेका ओलीलाई पहिले पदबाट हटाउनुपर्छ,’ उनले भने, ‘संविधानको घाँटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता छैन् । कांग्रेसले सरकारमा जानेभन्दा पनि ओलीलाई पदबाट हटाउने विषयमा सोच्नुपर्छ ।’ नेपालमा कम्युनिस्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउदै नेता गुरुङले काँग्रेसमा पनि नेतृत्वको अघि÷पछि गरेर चाकडीले सीमा नाध्न थालेका भन्दै असन्तुष्टि जनाए । प्रचण्ड र ओलीको विवाद टुंगो नलागेसम्म कांग्रेसले निर्णय लिन हतार नगर्ने बताए ।
नातावाद र चाकडीवादले कांग्रेसका असली नेता कार्यकर्ता अवसरबाट वञ्चित भएको भन्दै आगामी महाधिवेशनमा आफू पदाधीकारीमा उमेद्वार बन्ने घोषणा गरे । सरकारका कमजोरी र गलत क्रियाकलापलाई लिएर जनता माझ जान कार्यकर्तालाई निर्देशन दिँदै नेता गुरुङले नेतृत्वको प्रवृत्ति र कार्यशैली परिवर्तन हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्ने हिसाबले शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने गुरुङको भनाइ थियो । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले समाज रुपान्तरणको अभियानमा शिक्षकहरुले अगुवाइ गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले पठन क्रियाकलापलाई प्रविधिमैत्री बनाउन शिक्षकको क्षमता विकासमा जोड दिए । यसैगरी नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमीलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी विक, महिला संघका सभापति विमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुवेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
नेकपा एमाले स्याङ्जामा समानान्तर कमिटी गठन
अन्नपूर्णमा विवेकशील साझा
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७