श्रीराम सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार’

Avatar आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
chalchitra-puraskar

पोखरा । ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्सेनि १ जनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।
लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत हुन् । फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गर्न पाउँदा हामीलाई अझै बढि खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
संघले पहिलो पटक प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेशप्रधान सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्ने गरि संघको फागुन १८ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।

२०५४ सालबाट आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका सिग्देल हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् । सिग्देलकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह–सम्पादक हुन् ।

Related News

सम्बन्धित समाचार

    • आमा बन्दै नायिका प्रियंका कार्की

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २१, २०७७
      पोखरा । फेसबुक मार्फत नायिक प्रियंका कार्कीले आफू आमा बन्न लागेको खुलाएकी छन् । विवाह भएको १ वर्षपछि अभिनेत्री प्रियंका…
    • अब गुरुङ चलचित्र हलमा नियमित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ५, २०७७
      पोखरा । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले गुरुङ चलचित्र निर्माण हुन थालेको २५ वर्षपछि हलमै प्रदर्शन गर्ने व्यवस्था मिलाएको…
    • जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देल पुरस्कृत

      Avatar आदर्श समाज सम्वाददाता फागुन २९, २०७७
      पोखरा । जितप्रसाद द्वा पत्रकारिता पुरस्कार–२०७७ बाट श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीको शनिबार चौथो…
    • घान्द्रुकमा ‘शिरसुबा’ प्रदर्शन

      Avatar आदर्श समाज सम्वाददाता माघ १४, २०७७
      हेमजा । ब्रेज मेश्रो फिल्म प्रोडक्शनले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ घान्द्रुकमा प्रदर्शन गरिएको छ । चलचित्र गुरुङ समुदायको संस्कार–संस्कृतिमा…
    • सिनेमा संवाद @ घान्द्रुक

      Avatar आदर्श समाज सम्वाददाता माघ १३, २०७७
      पोखरा । मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको…

    hero news full width

    sanil ads

    wordlink ads