लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लमजुङ पहिलो भएको छ ।
फाइनलमा सुन्दरबजार नगरपालिकाको समूहलाई मात्र १ अंकले हराउँदै आयोजक समूह पहिलो भएको हो । विजेता टिमले कुल ७ सय १५ प्राप्त गरेको थियो । १२ समूहले भाग लिएको प्रतियोगिताको फाइनलमा आयोजकतर्फबाट सचिव प्रशान्त तामाङ र सदस्य प्रीति आलेले नेतृत्व गरेका थिए ।
त्यस्तै, सुन्दरबजारतर्फबाट पार्वती आले र विनोद धितालले नेतृत्व गरेका थिए ।
प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल संयोजक रहेको निर्णायक मण्डलमा प्रतिष्ठान केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रतिष्ठान गण्डकी प्रदेश सचिव राजकुमार कार्की र प्रतिष्ठान जिल्ला शाखा लमजुङका निवर्तमान अध्यक्ष दीपक पौडेल सदस्य थिए ।
प्रथम र द्वितीयलाई क्रमशः १० र ५ हजार पुरस्कार दिइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताए । तेस्रो हुने २ समूह बेसीशहर नगरपालिका र क्ब्होलासोथर गाउँपालिकालाई २ हजार ५ सय दरले पुरस्कृत गरिएको छ ।
उत्कृष्ट गायकमा पार्वती आले र सुरज दुतराज तथा उत्कृष्ट स्वरमा पूजा परियार पुरस्कृत भए ।
नवोदित प्रतिभा पुरस्कारबाट चिति संस्कृति कला केन्द्रका विशाल विकले पाएका छन् । विजयीलाई बेशीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
त्यस्तै, गायिका माया गुरुङ र गायक राजन परियारले ठाडोभाको प्रस्तुति राखेका थिए ।
Related News
सम्बन्धित समाचार
धनबहादुर गायकको स्मृतिमा प्रतिष्ठान
अब बाँच्छ सिक्लेसी ठाडो भाका
पर्वतका अरुण बने सप्तरंगी प्रतिभा
प्रवीण गुरुङको स्मृतिमा जन्मभूमिमा साताव्यापी कार्यक्रम
सुनिल गायकको ‘कहिले भइन’ सार्वजनिक
hero news full width
मुख्य समाचार
किलर माउन्टेनमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८