सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर

Avatar आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
Economical Coridor 2

वालिङ । सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग जोडिएका पालिकाहरुले विकासका लागि योजना निर्माण थालेका छन् ।

वालिङ नगरपालिकाको आयोजना र सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको सचिवालयको सहकार्यमा आइतबार वालिङमा सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरको आर्थिक विकासका लागि योजनाको पहिचान तथा योजनाको प्राथमिकीकरण गरी योजना निर्माण गर्ने र कार्यान्वयनमा लैजाने भएका हुन् ।

सुनौलीदेखि पोखरासम्म सिद्धार्थ राजमार्गसँग जोडिएका १५ वटा पालिका, ४ वटा जिल्ला र २ प्रदेशकाबीचमा समन्वय र सहकार्य गर्दै योजनाहरु पहिचान गर्ने, प्राप्त योजनाहरुको प्राथमिकीकरणका आधारमा योजना निर्माणपश्चात कार्यान्वयन गर्ने मुख्य उद्देश्य रहेको तानसेन नगरपालिकाका प्रमुख एवं सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोर मञ्चका अध्यक्ष अशोककुमार शाहीले बताए ।

शाहीले सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाहरुका सम्भावनाहरुको खोजी गरी आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । आर्थिक कोरिडोरसँग जोडिएका नगरपालिका र गाउँपालिकाहरुबीचका असल अभ्यासहरुको आदानप्रदान र अनुकरण गर्दै अगाडि बढ्नका लागि सहजता हुने बताए ।

प्रमुख शाहीले योजनाहरुको पहिचान र कार्यान्वयन गर्ने, सिद्धार्थ राजमार्गलाई आधार मानेर यस क्षेत्रमा सञ्चालन गर्न सकिने कृषि, जडिबुटी, पशुपालन, भौतिक संरचना पूर्वाधार निर्माण, पर्यटन, उद्योग, सूचना प्रविधिको पहिचान, स्वास्थ्य तथा खेलकुद, प्राकृतिक स्रोत ब्यवस्थापन, प्राविधिक शिक्षाको प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए ।

यस क्षेत्रका नगरपालिका र गाउँपालिकाहरूबीच समन्वयमा गर्न सकिने परियोजनाहरूको पहिचान र छनौट हुने, समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको प्रमुख शाहीले बताए । पालिकाहरुबीच निर्माण गरिएका योजनाहरुको प्राथमिकीकरणपश्चात् गण्डकी र लुम्बिनी प्रदेश तथा केन्द्र सरकारसँग समन्वय र सहकार्य गर्दै योजनाहरु निर्माण गरिने प्रमुख शाहीको भनाइ थियो ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले योजनाहरुको पहिचान सहित प्राथमिकीकरणका आधारमा पालिकाहरुबीच समन्वय र सहकार्य गर्दै विकासका गतिविधिहरु अगाडि बढाउँदा उपयुक्त हुने धारणा राखे । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोरसँग सम्बन्धित क्षेत्रका पालिकाहरुबीचमा आर्थिक कोरिडोरको समग्र आर्थिक विकासका निम्ति परियोजना तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि छलफल तथा अन्तरक्रिया महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

योजनाविद डा. अनिल सुवेदीले सहजीकरण गरेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वागत तथा सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले सञ्चालन गरेका थिए ।

छलफल कार्यक्रममा सिद्धार्थ राजमार्ग आसपासका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित सरोकारवालाहरूको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

    • पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

      rss रासस चैत्र ३१, २०७७
      गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…
    • आगलागी पीडितलाई मन्त्रीको राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा…
    • गण्डकी सरकार :  ढलाउन भन्दा बनाउन सकस

      prakash dhakal प्रकाश ढकाल चैत्र २९, २०७७
      पोखरा । गण्डकीमा सरकार ढाल्न र नयाँ सरकार गठनका लागि प्रतिपक्षी दल निरन्तर छलफलमा छन् । माओवादी र जनमोर्चाको समेत…

    hero news full width

    sanil ads

    wordlink ads