पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माविमा आइतबार पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन भएको छ ।
समिति संयोजकमा शिवराज बराल र सचिवमा माधवप्रसाद बराल छन् । सदस्य कपिलनाथ कोइराला, सुनिल उलक, विष्णुहरि अधिकारी, ठाकुर अधिकारी र शान्ता घिमिरे छन् ।
विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको समिति कपिलनाथ कोइरालाले जानकारी दिए । शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी दिनमा रचनात्मक काम गर्दै जाने उनको भनाइ छ । मञ्चले छात्रवृत्तिका लागि ४ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाएके छ । उनका अनुसार सहयोग आउन क्रम जारी छ ।
वाराहीमा एलएलसी ब्याच–२०४५ द्वारा ५ लाख ५० हजारको लागतमा अभिभावक कक्ष पनि निर्माण गरिएको छ । २०५० सालमा एसएलसी दिएका गोविन्द गौतमको सहयोगमा कक्षा १ देखि ३ सम्मका ६५ जना विद्यार्थीलाई तयारी पोशाक फागुन ३० गते सहयोग गरिने छ । आइतबार नै हिमालय आँखा अस्पतालको सहयोगमा विद्याथी, शिक्षक, कर्मचारीको आँखा परीक्षण गरियो । तीमध्ये १४ जनामा आँखाको समस्या देखिएको कोइरालाले जानकारी दिए । उनीहरुलाई २०३८ सालमा एसएलसी दिएका नेत्रराज गिरीले चश्मा सहयोग गर्ने भएका छन् ।
मञ्च गठन गर्ने क्रममा उनीहरुले आफ्नो पालामा पाइने खाजा खाएर पुरानो दिनको स्मरण गरे । पुरानो दिनको सम्झना गर्दै प्रअ शिव भण्डारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल पनि सोही विद्यालयको भूपू विद्यार्थी भएकाले विद्यार्थीसँगै पंक्तिबद्ध रही प्रार्थना गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब
जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने
स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र
जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशमै उत्कृष्ट
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८