मुद्रण उद्योग संघ कास्कीमा किरण

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
mudran

पोखरा । मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा गिरबहादुर श्रेष्ठ (किरण) लाई चयन गरेको छ । सर्वसम्मत् अध्यक्ष चयन श्रेष्ठ रोजिना अफसेट प्रेसका सञ्चालक हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष कञ्चन प्रिन्टर्सका चिन्तामणि बास्तोला, प्रथम उपाध्यक्ष गोर्खाली अफ्सेट प्रेसका जीवन गोर्खाली, द्वितीय उपाध्यक्ष दि मोर्डन अफ्सेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिव फिस्टेल पब्लिकेशनका रामप्रसाद भूर्तेल, सचिव ग्राफिक सोलुसनका राजन कुमाल, कोषाध्यक्ष ओजन अप्mसेट प्रेसका प्रकाशराज पौडेल र सहकोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ चयन भए ।

सदस्य अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफ्सेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अप्mसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखाना गुरुदत्त पौडेल छन् ।

त्यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाल मुद्रण महासंघका अध्यक्ष पुष्कल गौतमले महासंघले व्यवसायीको हकहितको लागि आवाज उठाउदै आएको बताए । मुद्रण व्यवसाय पलायन हुन नदिन नयाँ प्रविधि भित्र्याउन समेत महासंघले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, जीवन गोर्खालीले महासचिवको प्रतिवेदन र वसन्त बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, मुद्रण उद्योग महासंघका उपाध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष सीताराम शाह, महासचिव युवराज श्रेष्ठ, मुद्रण संघ रुपन्देहीका पूर्व अध्यक्ष कृष्णप्रसाद पराजुली, मुद्रण संघ काठमाडौंका अध्यक्ष धननारायण श्रेष्ठ (घनश्याम), मुद्रण उद्योग संघ झक्तपुरका सदस्य विशाल खतिवडा, नेपाल मुद्रण उद्योग महासंघ गण्डकी अध्यक्ष महेन्द्र बजिमय र संस्थाका साधारण सदस्य मगन श्रेष्ठ, श्रीनगर स्टोर्सका सञ्चालक राजु वैद्य,

सल्लाहकार कृष्णप्रसाद ढुंगाना र कालावाङ होमस्टेका अध्यक्ष प्रकाश गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

महासचिव जीवन गोर्खालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गिरबहादुर श्रेष्ठ किरणले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width