पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
chineese

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भिœयाउन भाषाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले आयोजना गरेको चिनियाँ भाषा तालिमको समापन समारोहमा मन्त्री गुरुङले भाषाको माध्यमबाट चिनियाँ पर्यटकलाई थोरै अनुपातमा भए पनि नेपाल भिœयाउन सके पर्यटन क्षेत्रमा ठूलो लाभ लिन सकिने बताए ।

अधिकांश चिनियाँ नेपाल घुम्न आउँदा भाषाको समस्या झेल्नु परेको यथार्थ सुनाउँदै भाषाकै कारण नेपालको रहन सहन सांस्कृतिक परम्पराको बारेमा चिनियाँ पर्यटकलाई बुझाउन समस्या भएको उनले बताए । उनले कोभिड– १९ को कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउन आउने पर्यटकका लागि गुणस्तरीय सेवामा जोड दिए । मन्त्री गुरुङले भाषा जति बोल्यो त्यति सहज हुने र नबोले बिर्सन सकिने भएकाले सहभागीलाई तालिम उपलब्धिपूर्ण बनाउन अभ्यासमा ध्यान दिएर भाषामा पोख्त हुन समेत आग्रह गरे । व्यवसायीको राहतको लागि प्रदेश सरकारले व्यवसाय पुर्नजीवकोष मार्फत ऋण उपलब्ध गराएको जानकारी दिँदै उनले पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवसायीसँग छलफल गरेर आगामी योजना तय गरिने बताए ।

नेपाल पर्यटन बोड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले चीनमा नेपाललाई स्रोत बजारको रुपमा चिनाउन सके यस क्षेत्रबाट लाभ लिन सकिने धारणा राखे । उनले चिनियाँ भाषा क्लिष्ट भएकाले १ महिनाको तालिम पर्याप्त नभए पनि आधारभूत ज्ञान मार्फत् चिनियाँ पर्यटकलाई सेवा दिन सकिने उनको विश्वास थियो ।

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपिबहादुर भट्टराइले कोभिड –१९ को कठिन अवस्थाबाट पनि पर्यटन व्यवसायी निरास नभइ व्यवसाय पुनसञ्चालनमा अग्रसर भइरहेको जनाउँदै सरकारले पर्यटन मैत्री वातावरण तयार गरेर सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले निजी क्षेत्र सरकारलाई सघाउन तत्पर रहेको बताउँदै सरकारले पनि व्यवसायीको समस्यालाई बुझेर अक्सिजन प्रदान गर्नुपर्ने धारणा राखे ।

तालिमका संयोजक खिमबहादुर नेपाली (क्रिस)ले कोभिड– १९ पछाडि धेरै चिनियाँ पर्यटक नेपाल आउन उत्साहित रहेको जनाउँदै आगामी दिनमा पर्यटकलाई भाषाका कारणा समस्या भोग्नु नपरोस् भनेर तालिम सञ्चालन गरेको जानकारी दिए ।

नाट्टाका कार्यवाहक अध्यक्ष हरिराम अधिकारीले पर्यटन पुनरुत्थानको विभिन्न गतिविधिसँगै संस्थाले चिनयाँ पर्यटकलाई लक्षित गरेर भाषा तालिम सञ्चालन गरेको बताए ।

तालिममा सहभागी विकास निरौलाले भाषा निकै कठिन भए पनि १ महिनाको तालिमले आधारभूत ज्ञान हासिल गर्न सफल भएको अनुभव सुनाए । प्रशिक्षक चिनियाँ नागरिक लिन्दाले १ महिनाको तालिमले पूर्ण ज्ञान हासिल गर्न नसकिने भएकाले भाषाको बारेमा निरन्तर अभ्यास गरेर अघि बढ्न सहभागीलाई आग्रह गरिन् ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित तालिममा संस्थाका ३६ जना सदस्यको सक्रिय सहभागिता रहेको र तालिम पश्चात प्रमाणपत्र वितरण गरिएको नाट्टाका महासचिव कमला गिरीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width