कोप्स कास्कीमा धर्मराज

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
cops

पोखरा  । कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को प्रथम कास्की जिल्ला सम्मेलन तथा अधिवेशनले धर्मराज अर्यालको अध्यक्षतामा १५ सदस्यीय कोप्स कास्की जिल्ला समिति गठन गरेको छ ।

नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा गठित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

सञ्चालक सचिवमा लमजुङ पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष दीपकराज घिमिरे, फाइनान्सियल डाइरेक्टरमा जयगणेश सहकारीका अध्यक्ष सविन जिसी, इन्डस्ट्रियल डाइरेक्टरमा ढाकाचोली महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष पार्वती पनेरु चयन भए ।

सदस्यमा रतनपाण्डेका अध्यक्ष वसन्त शर्मा अधिकारी, सर्वहितका अध्यक्ष सूर्यप्रसाद तिमिल्सिना, अग्रसरकी गीतादेवी सुवेदी, पवित्रका दीपक रानाभाट, घारापानीकी राधिका आचार्य, जनएकताका सूर्यप्रसाद बास्तोला, जयलक्ष्मीका नीलराज आत्रेय, अमरसिंहका गोविन्द घिमिरे, मातृभूमिका चन्दविक्रम अधिकारी, नागडाँडा दुग्ध उत्पादक सहकारीका हेमराज अधिकारी र सप्तरंगीका गुरुदत्त पौडेल रहेको कोप्स केन्द्रीय अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

गण्डकी प्रदेश योजना आयोग प्रमुख डा गिरीधारी शर्माले गण्डकी प्रदेशले उत्पादनमा जोड दिएको र सोका लागि सरकारी र निजी क्षेत्रको साझेदारीबाट मात्र देशले चाहेको समृद्धि प्राप्त हुने बताए ।

कार्यक्रममा नेप्स्कुन गण्डकी प्रदेश संयोजक कमला गिरी, कोषाध्यक्ष नवराज बराल, जिल्ला बचत संघ कास्कीका लेखा संयोजक तारानाथ पौडेल, विषयगत संघका तर्फबाट उपभोक्ता संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, कोप्सका सञ्चालक चूडामणि बराल, ख्यामनारायण बराल, विष्णुप्रसाद बराल, तुलसीप्रसाद पोखरेल, मीनराज तिमिल्सिना लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width