पोखरा । बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे वीरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधि एम टुवेलले जितेको छ ।
पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा शनिबार भएको फाइनल खेलमा कमलपोखरी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पाराजित गर्दे एम टुवेलले उपाधि जितेको हो ।
एम टुवेलको जीतमा म्यान अफ द म्याच बनेका मनिस क्षेत्री, अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए । पहिलो हाफमा २ गोल गरेको एम टुवेलले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । खेलको १३ औं मिनेटमा अविनाश तामाङले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । त्यसको ४ मिनेटपछि मनोज गुरुङले गोल गर्दै २–० मा पुर्याए । २ गोलको अग्रतामा सकिएको खेलमा दोस्रो हाफको १७ औं मिनेटमा एम टुवेलका सरोज तामाङले गोल गर्दा टिम ३–० को अग्रतामा पुग्यो । निर्धारित समय सकिएपछि थपिएको ३ मिनेटमा एम टुवेलका मनिश क्षेत्रीले गोल गर्दै ४–० ले कमलपोखरीलाई पछि पार्दै उपाधि चुमेको हो ।
उपाधिसँगै एम टुवेलले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ रुपैयाँहित सिल्ड, मृडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपविजेता बनेको कमलपोखरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ हात पार्दै चित्त बुझाउन पर्यो ।
उक्त प्रतियोगिताबाट एम टुवेलका मनिस क्षेत्री सर्बाेत्कृट खेलाडीका रुपमा घोषित हुदै ट्रफी सहित नगद रु ५ हजार प्राप्त गरे । त्यस्तै विधागत तर्फ सोही क्लबकै रोमन थापा मगरले उत्कृष्ट गोलरक्षकको उपाधि हात पारे । सोही टिमकै मनोज गुरुङले उत्कृष्ट मिडफिल्डर, सरोज तामाङले उत्कृष्ट डिफेन्डर र आयोजक सेतोका सुनिल बिकले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गर्दै जनही नगद ३ हजार हात पारे ।
कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट मालेपाटन एफसी अनुशासित टिमको रुपमा घोषित हुदै नगद ७ हजार रुपैयाँबाट पुरस्कृत भयो ।
सो प्रतियोगिताबाट विजेता तथा उपविजेता टिमलाई नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडा, क्लबका अध्यक्ष विजया गुरुङ तथा क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नाम चम्काउँदै नवीन
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित
भलिबल उपाधि शान्त र जनप्रियलाई
५ किमी दौडमा नर्मता र विवेक प्रथम
प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
वैशाख ४, २०७८एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८