दोस्रो चरणमा ज्येष्ठ नागरिकलाई कोरोना खोप

rss रासस
फागुन २२, २०७७
Vaccine

काठमाडौँ, २१ फागुन । सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिइने भएको छ ।

यसअघि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइने भनिउ तापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइने जानकारी दिनुभयो । उहाँका अनुसार खोप उपलब्धताको आधारमा पहिले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिन थालेको हो । उहाँले हिमाली जिल्लामा भने ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो ।

दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट सञ्चालन हुँदैछ । खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ । सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, प्रदेशस्थित कार्यालयका कर्मचारीलाई खोप लगाउन सम्बन्धित प्रदेशको स्वास्थ्य निर्देशनालय मिलाउने छ ।

संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, सार्वजनिक संस्थानका कर्मचारीलाई नयाँ बानेश्वरस्थित निजामति सेवा अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले पहिलो चरणमा खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमयसेविका, स्थानीय तहका कर्मचारी, प्रहरी र स्थानीय तहका कर्मचारीलाई पनि खोप उपलब्धताका आधारमा दोस्रो चरणमा खोप लगाइने व्यवस्था मिलाएको छ ।

सरकारले पहिलो चरणमा चार लाख २९ हजार व्यक्तिलाई खोप लगाएको थियो ।

Related News

सम्बन्धित समाचार

    • Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्काकाे पद गयाे काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले…
    • आरोही महिला फोटो पत्रकारलाई सम्मान

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      पोखरा । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारले सम्मान गरेका छन् । अन्नपूर्ण प्रथम आरोहण गरेर…
    • कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्र

      rss रासस वैशाख १०, २०७८
      काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ ।…
    • उच्च सतर्कता अपनाउन नगरपालिकाको अनुरोध

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      वालिङ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन वालिङ नगरपालिकाले नगरबासीमा अनुरोध गरेको…
    • अधिकांश स्थानीय सरकार दमकलविहीन

      rss रासस वैशाख १०, २०७८
      गलकोट । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो…

    hero news full width

    sanil ads

    wordlink ads