मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७७
police-arrest

पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

‘प्रहरी, वकिलर अदालतसँग सेटिङ छ १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ’ भन्ने प्रलोभन देखाएर प्रतिवादीबाट १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा–५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–१ घर भई हाल पोखरा–२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६÷६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरामद गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width