अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७
n pabson

पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ३१ विद्यालयको सहभागिता छ ।
शुक्रबार उद्घाटन अवसरमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढुंगा सावित हुने बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका नि. प्रमुख नीलकण्ठ ढकालले यस्ताखालका प्रतियोगिताले विद्यार्थीलाई अवसर सृजना गर्ने बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले पठनपाठनमा सहयोग पु¥याउने बताए ।

नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले प्रतियोगितामा बौद्धिक क्षमता देखाउने अवसर मिल्ने बताए ।

नेशनल प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु कायस्थले स्वागत र सहसचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए ।

शनिबारसम्म चल्ने प्रतियागितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width