काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा पुस्तकको सार्वजानिक गर्दै स्व।अधिकारीका बहुआयामिक योगदानका विषयमा १ सय २२ लेखकका लेख समेटिएका छन् ।
प्रतिष्ठानका सल्लाहकार प्राडा हेमनाथ पौडेलले अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र उनका योगदानका विषय समावेश गरिएको जानकारी दिए ।
उनका अनुसार पुस्तकका सुरुआती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१ राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ । अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ । अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिएको अन्तरवार्ता तथा मन्तव्यलाई पनि पुस्तमा समावेश छ ।
यस्तै वैचारिक विषय, हस्तलिखित सामग्री, शोक पुस्तिकाका अंश, श्रद्धाञ्जलि र समवेदनामा विशिष्ट व्यक्तिबाट व्यक्त अभिव्यक्ति र उनी सहभागी भएका महत्वपूर्ण कार्यक्रमका तस्बिर पनि पुस्तकका सामग्री रहेको प्राडा पौडेलले जानकारी दिए । प्रतिष्ठानका अर्का सल्लाहकार भरतराज पहारीले अधिकारी स्कुल पढ्दादेखि नै सामाजिक क्षेत्रमा लागेकाले पनि छोटो समयमै लोकप्रिय नेता बन्न सफल भएको बताए ।
उनका सहकर्मी तथा सँगैका विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थी आन्दोलन र यातायातमा विद्यार्थी सहुलियत लागु गराउने सन्दर्भमा अधिकारीको योगदान भुल्न नहुने बताए । अर्थविज्ञ डा. सूर्यराज आचार्यले आर्थिक सामाजिक रुपान्तरणमा राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्छ भन्ने कमै नेतामध्ये अधिकारी रहेको बताए ।
सांसद विन्दा पाण्डेले जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्न सक्ने असल नेताको रुममा अधिकारीलाई चिनेको बताइन् । मौसममा आएको खराबीका कारण दुई वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१