विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै

रामकुमार श्रेष्ठ
फागुन २१, २०७७
RSS-biplab2

नवलपरासी । सरकारसँग वार्ता गरेर आज सार्वजनिक हुने तयारीमा रहेका विप्लव नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं लागेका छन् ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाण्डौमा सार्वजनिक हुनु अघि नवलपुरको देवचुली नगरपालिका १२ गैरीमा सहिद परिवार बेलबहादुर सारुको घर बसेका थिए । राति आइपुगेका उनी केही बेर त्यहा पार्टीका कार्यकर्तालाई भेटेर आज विहान काठमाडौं लागेका हुन् ।

उनले सहिद परिवारलाई भेट गरेका थिए ।

महासचिव विप्लवले यस अघि पनि उक्त स्थानमा अन्य क्रान्तिकारी पार्टीका नेतासँग वार्ता गर्ने गर्दथे ।

उनलाई चितवन प्रहरीले स्कटिङ्ग गरेर काठमाडौं तिर लगेको प्रहरी स्रोतले जनाएको छ ।

देवचुलीमा उनले साढे ४ घण्टा विताएका थिए ।

सरकारसँग भएको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे सरकारी टोली र विप्लव पक्षको संयुक्त कार्यक्रम रहेको छ ।

पश्चिमबाट लुम्बिनी ब्युरो ईन्चार्ज र केहि निजि सुरक्षाकर्मी सहित काठमाण्डौं हिडेका बिप्लव केहि समय देवचुलीमा आराम गरेर, आलु बन्दाको तरकारी सहित सुक्का रोटी खाएर देवचुलीबाट विदा भएको स्रोतले जनाएको छ ।

सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width