कावासोती र सहरी विकासबीच सम्झौता

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
kawasoti nagar

नवलपुर । कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि सम्झौता भएको छ ।

कावासोतीले नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभागबीच २२ करोड २ लाख रुपैयाँ बराबरको सम्झौता भएको हो । विभागका महानिर्देशक नवराज प्याकुरेल र कावासोती नगरपालिका नगर प्रमुख चन्द्रकुमारी पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्भौता अनुसार उक्त रकम भौतिक निर्माण तथा स्वरोजगारका क्षेत्रमा खर्च गरिने छ । विश्व बैंकको सहयोगमा हुने यस कार्यक्रम ३ वर्षसम्म चल्ने कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताए ।

चालू आवमा २ करोड २० लाख, दोस्रो वर्ष १३ करोड २१ लाख र तेस्रो वर्ष ६ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको काम हुने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए ।

गण्डकी प्रदेशभित्रको फलेवास र कावासोती नगरपालिकाका साथै देशभरका ३३ वटा नगरपालिकामा यो आयोजना सञ्चालन हुने छ ।
कावासोती नगरपालिकामा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालन हुनु आफैमा महत्वपूर्ण विषय हुने कावासोती नगरपालिका नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन् ।

आयोजनाबाट सडक, नाला निर्माण, खानेपानी र सरसफाइ, स्वास्थ्य, शिक्षा, फोहर व्यवस्थापन, पार्कहरु निर्माण लगायत काम गर्न सकिने कावासोतीका आर्किटेक इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width