बालबालिका मन्त्रीद्वारा बालहितकारीको अवलोकन

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
juli mahato

पोखरा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले बिहीबार पोखरामा सडक बालबालिकाको अवस्थाबारे जानकारी लिएकी छन् ।
लेकसाइडस्थित बालहितकारी परियोजना पोखराको अनुगमन गर्दै उनले त्यहाँ आश्रित बालबालिकाको अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्रीले संस्थाका तर्फबाट गरिएका कार्यक्रमको जानकारी लिँदै आगामी दिनमा पनि बालबालिकाको संरक्षण, उद्धार र पुनस्र्थापनामा सहयोग गर्दै जाने प्रतिबद्धता जनाइन् । उनले संस्थाको आकस्मिक उद्धार, सामाजिकीकरण र आश्रयस्थलबारे जानकारी लिँदै आवश्यक पृष्ठपोषण पनि गरिन् ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले संस्थाले बालबालिकाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।

बाल विकास शाखाका उपसचिव शान्तिराज प्रसाइँले बालबालिकाका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत बालहितकारी परियोजना नेपालसँग सहकार्य गर्ने आश्वासन दिए ।

संस्थाका कार्यक्रम निर्देशक ठाकुरप्रसाद चापागाइँ संस्थाले २३ वर्षदेखि गरेका काम र हाल संस्थामा सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष गोविन्दराज पहारीले मन्त्री सम्मिलित टोलीले आफ्नो संस्था भ्रमण गरेकोमा आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width