हेमजा । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो सडक बालबालिकाको अवस्था बुझ्न बुधबार कास्की आएकी छन् । मन्त्री बनेपछि उनी पहिलोपटक यसरी बालबालिकाको अवस्था अनुगमनमा निस्केकी हुन् ।
मन्त्री महतोले त्यस क्रममा अन्नपूर्ण गाउँपालिका १, लेवाडेस्थित चिल्डे«न नेपालको फूलबारी स्रोत केन्द्रमा हाल आश्रित १४ सडक बालबालिकाको अवस्था बुझेकी छन् । त्यसक्रममा मन्त्री महतोले विस २०७८ भित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने लक्ष्यका साथ सरकारले कार्यलाई तीब्रता दिएको बताइन् । उनले त्यसका लागि सरोकारवाला सबैको पूर्ण साथ चाहिने समेत औल्याइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भावना र मान्यता अनुसार सडक बालबालिका मुक्तको कार्य तीब्र पारिएको मन्त्री महतोले स्पष्ट पारिन् । अब चाँडै नै नेपालको सडकमा भिखमग्ना बालबालिका देख्न पाइँदैन, यो राज्यका लागि महत्वपूर्ण हुने उनको भनाइ छ । मन्त्री महतोले बालबालिकाको क्षेत्रमा चिल्डे«न नेपालले गरेको कार्यको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह पनि गरिन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज घरेलले नेपाल सडक बालबालिका मुक्त राष्ट्रको अन्तिम चरणमा रहेको जानकारी दिर्दै परिणाम केन्द्रीत कार्य गर्न निर्देशन दिए ।
त्यस क्रममा मन्त्री महतोको टोलीलाई चिल्डे«न नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले त्यहाँ आश्रित बालबालिकाको अवस्था बारेमा अवगत गराए । संस्थाले बालबालिकाको शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको जनाउँदै संस्थापक अध्यक्ष पौडेलले बालबालिकाको जीविकोपार्जन सुधार अन्र्तगत अभिभावकलाई पनि विभिन्न तालिम दिर्दै आएको स्पष्ट पारे ।टोलीमा मन्त्रालयका उपसचिव शान्तिराज प्रसाई तथा राष्ट्रिय बाल अधिकार परिषद्का केशव चालिसे लगायत पनि सहभागी छन् ।
त्यस्तै मन्त्री महतो नेतृत्वको टोलीले बुधवार पोखरा–१८, सराङकोट स्थित बाल सुधार गृहको पनि अनुगमन गरेको छ ।
Related News
सम्बन्धित समाचार
अधिकांश स्थानीय सरकार दमकलविहीन
सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन
पत्रकार महासंघ स्याङ्जामा सपथ तथा पदस्थापन
गोली हानी छिमेकीको हत्या
कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त
hero news full width
मुख्य समाचार
आरोही महिला फोटो पत्रकारलाई सम्मान
विद्युतीय कारोबार गर्ने पाेखराका १० होटल पुरस्कृत
वैशाख १०, २०७८नेकपा एमालेको स्थायी कमिटी घोषणा, माधव नेपाल र झलनाथ अटाएनन
वैशाख १०, २०७८बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
वैशाख १०, २०७८कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
वैशाख १०, २०७८भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
वैशाख १०, २०७८