चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७७
cricket (1)

पाेखरा । चितवन क्रिकेट क्लब पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिग प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक सुपर जनरल पोखरालाई १८ रनले पराजित गर्दै चितवनले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको हो । चितवनले ३ खेलमा जीत हाँसिल गर्दै ६ अंकका साथ समूहमा शीर्षस्थान कायम ग¥यो ।

केएन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बुधबार पहिला ब्याटिङ गरेको चितवनले पूरा २० ओभरमा १ सय ४९ रनको योगफल तयार पा¥यो । उसका लागि साकार ढकाल र दिपेश श्रेष्ठ दुवैजनाले समान ३२ रनको पारी खेले । ३१ बलको सामना गरेका ढकालले आफ्नो पारीमा २ छक्का २ चौका प्रहार गरे । त्यस्तै श्रेष्ठले २ छक्का र १ चौका प्रहार गरेका थिए ।अर्का ब्याट्स्म्यान रोविन शर्माले २५ रन जोेडे ।

जीतका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको पोखराले जवाफी ब्याटिङमा १ सय ३१ मात्रै बनाउन सक्यो । पोखराका लागि मुस्कान थापाले ३६, गोविन्द प्रधानले २४ तथा विधान श्रेष्ठले २२ रन बनाए । ३ विकेट लिएका चितवनका गौतम केसी विन्ध्येश्वरी भाँडा उद्योग म्यान अफ द म्याच भए । अर्का बलर कृजन गुरुङले पनि ३ विकेट लिए । पोखराका बलरहरु दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ र किरण पौडेलले १–१ विकेट लिएका थिए ।

समूह ‘क’ कै अर्को खेलमा बालुवाटारले स्याङ्जा क्रिकेट क्लबलाई २७ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडन सफल भयो । यो समूहमा पोखराले पनि २ अंकनै जोडेको छ । समूहबाट सेमिफाइनल पुग्न बिहीबार पोखरा र बालुवाटारको खेल दुवैका लागि ‘गर या मर’ को स्थितिमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको बालुवाटारले १९ ओभरमा मात्रै १ सय ५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । बालुवाटारको तर्फबाट सैशवध्वज केसीले २ चौका र १ छक्काको मद्धतमा अभिजित ४२ रन बनाए । त्यस्तै विपीन खत्रीले १३ बलको सामना गर्दै २ चौका र १ छक्काका मद्धतमा १९ रन जोडे । स्याङ्जाको बलिङतर्फ सुरज गुरुङले ४ ओभरमा १ मेडनसहित २० रन खर्चिएर ३ विकेट लिए । अनुज गैरे, विष्णु पाण्डे र ठगेन्द्र थापाले समान २/२ विकेट प्राप्त गरे ।
जितका लागि १ सय ६ को सामान्य लक्ष्य पछ्याएको स्याङ्जा ७८ रनमै समेटियो । मात्र १७.२ ओभर खेलेका स्याङ्जाको तर्फबाट सुरज गुरुङले १८, विष्णु पाण्डेले १६ तथा विक्रम थापाले १२ रन जोडे । स्याङ्जालाई सस्तैमा समेटने क्रममा म्यान अफ द म्याच विपीन खत्रीले महत्वपूर्ण ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै ३ रन खर्चिएर २ मेडन राखे । अन्य बलरहरु आयुष शर्मा र नितेष गिरीले पनि २/२ विकेट लिन सफल भए ।

Related News

सम्बन्धित समाचार

hero news full width