पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७७
Pokhara pragya (1)

पोखरा । पोखरा प्रज्ञा प्रष्ठिानका कुलपतिसहित प्राज्ञ सदस्यले सपथ लिएका छन् । पोखरा महानगरको हलमा आयोजित कार्यक्रममा मेयर मानबहादुर जिसीले कलुपति पद्मराज ढकाललाई सपथ गराए । लगत्तै कुलपति ढकालले प्राज्ञ सदस्यहरुलाई सपथ खुवाए ।

पोखरा महानगरभित्र कला, साहित्य, संस्कृतिका विविध पक्षको सम्वद्र्धन गर्दै समुन्नत सहर बनाउने उद्देश्यका साथ प्रतिष्ठान गठन भएको हो । पोखरा महानगरले कानुन नै बनाएर प्रज्ञा प्रतिष्ठान गठन गरेको हो ।

प्रतिष्ठान सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक मनोनित भएका छन् । प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए । प्रज्ञा प्रतिष्ठानमा उपकुलति र २ सदस्यको पद रिक्त छ ।

कार्यक्रममा मेयर जिसीले पोखराको कला, सांहित्य र संस्कृति संरक्षणमा प्रतिष्ठानले सरोकारवालसँग छलफल गरेर गुरुयोजना बनाउन सुझाव दिए । मुलुकभरका स्थानीय तहमध्ये पोखराले सबैभन्दा पहिला प्रज्ञा प्रतिष्ठान गठन गरेर उदाहरण देखाएको उनको भनाइ थियो । सुरुआती चरण भएकाले देखिएका कमी कमजोरी हटाउँदै अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।

कुलपति ढकालले पोखरामा सिर्जना र सांस्कृतिक ग्राम आवश्यकता रहेको भन्दै यसका लागि ३ तहकै सरकारबीच समन्वयन जरुरी रहेको भनाइ राखे ।

महानगरका उपमेयर मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वरभूमि रहेको भन्दै यी क्षेत्रलाई समुन्नत बनाउने हो भने मात्रै पोखराको समग्र विकास सम्भव रहेको बताइन् ।

प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भए पनि उपकुलपतिका लागि भने ठाउँ खाली राखिएको छ । ११ सदस्यीय प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको छ । महानगरपालिकाले उनका छोरा दिलीपलाई महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेको छ ।

ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था छ । तिनै ८ जनामध्ये कुलपति र उपकुलपति चयन हुने व्यवस्था छ । अरु २ जना परिषद सदस्य हुनेछन् । ४ जना सभा सदस्य हुन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width