स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध

श्रीभद्र पौडेल
फागुन १९, २०७७
dirty~shree dhar

हेमजा। पोखरा महानगरपालिका स्मार्ट सिटी बनाउने भनिए पनि दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । फोहोरमैला तथा सडक पशुचौपायाँ व्यवस्थापन नहुँदा समस्या बढेर सहरका केही भाग कुरुप देखिने गरेका छन् ।

आजकल बिहान सहरका मुख्य चोकका सडक यत्रतत्र फालिएको फोहोर छाडा पशुचौपायाँले खोतल्दै छिरोलेको देख्न सकिन्छ । मुख्य बजार क्षेत्र चिप्लेढुंगा, न्यूरोड, महेन्द्रपुल, नयाँबजार, सभागृहचोक, पृथ्वीचोक लगायत स्थानमा यो समस्या बढी छ ।

महानगर प्रवक्ता धनबहादुर नेपालीले स्थानीयले रातको समयमा लुकीछिपी सडकमा फोहोर फाल्दा व्यवस्थापनमा समस्या भइरहेकोे बताए । फोहोर फाल्ने गाडीमा मात्रै फोहोर व्यवस्थापन गर्न भनिए पनि केहीले कार्यान्वयन गरेका छैनन् ।

यता, स्थानीयले भने फोहोरमैला व्यवस्थापनका लागि महानगरले समय–समयमा गाडी उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

न्यूरोडका क्षेत्रबहादुर गुरुङले फोहोरमैला व्यवस्थापनमा महानगर उदासीन बनेको भन्दै कडा निगरानी आवश्यक रहेको बताउँछन् । ‘स्मार्ट सिटी नेताले भाषण गर्दा भन्ने कुरा मात्रै हो । व्यवहारमा अलिकति पनि महसुस नगरवासीले गर्न पाएका छैनन्,’ उनले दुखेसो पोखे ।

उनले सडकमा राति फोहोर फाल्नेहरुको पहिचान गरी सचेतनामूलक कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width