ट्रक ठोकिँदा दुईजनाको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७७
accident 2 death (1)

नवलपरासी, १८ फागुन । पुर्वी नवलपरासीको देवचुली–२ दुम्कौली चोकमा गए राति दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा दुई जनाको निधन भएको छ ।

पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ७०२३ नम्बरको ट्रक र पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठक्कर खाँदा दुई वटा ट्रकको चालकको निधन भएको हो ।

निधन हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा २७७ निको, ४ को मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको…
    • २ मन्त्री पाएसँगै स्याङ्जावासी खुसी

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      स्याङ्जा । स्याङ्जाले गण्डकी प्रदेश सरकारमा २ मन्त्री पाएको छ । शुक्रबार मन्त्रिपरिषद् पूर्णसँगै ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जाले २…
    • बम डिस्फोज

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      कावासोती । कावासोती १४, कोल्टाँडी क्षेत्रको जंगलमा भेटिएको बम डिस्फोज गरिएको छ । किसानले स्याउला काट्ने क्रममा शनिबार बम देखेपछि प्रहरीलाई…
    • निषेधाज्ञा १५ दिन थप

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      स्याङ्जा  । स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले १५ दिन निषेधाज्ञा थप गर्दैै…
    • दोर्दीवासीले भेटे स्वास्थ्यमन्त्री

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      लमजुङ । दोर्दी गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी, विभिन्न संस्थाको प्रतिनिधिसहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई भेट गरेको छ ।…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads