पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७७
nsjf_Fotor

पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।

मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी विभिन्न ७ विधामा अवार्ड प्रदान गर्नेछ । तीमध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा हालै सम्पन्न बैठकले उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डतर्फ पुरस्कार राशि ३५/३५ हजार रुपैयाँ पु¥याएको हो । यसअघि उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई २५÷२५ हजार, उत्कृष्ट खेल संघलाई १५ हजार र पत्रकारलाई २० हजार नगद दिइँदै आएको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद राशि छैन भने वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिलालाई स्कुटर दिइनेछ । अवार्डको मुख्य प्रायोजक बतास ब्रदर्श हो ।

आयोजकले अवार्डको आवश्यक तयारी तीव्र पारेको छ । अवार्डको लागि गठित विभिन्न उपसमिति संयोजक एवं सदस्य एवं सल्लाहकारसँग छलफल गरी सुझाव लिएको महासचिव विजय नेपालले जनाए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width