काठमाडौँ, १७ फागुन । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब रु एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।
मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा रु ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई प्रशिक्षण
कास्कीमा होटल तथा रेस्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने
व्यवसाय जीवन रक्षा कोष : ७ हजार व्यवसायीले मागे ऋण
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
विद्युतीय कारोबार गर्ने पाेखराका १० होटल पुरस्कृत
नेकपा एमालेको स्थायी कमिटी घोषणा, माधव नेपाल र झलनाथ अटाएनन
वैशाख १०, २०७८बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
वैशाख १०, २०७८कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
वैशाख १०, २०७८भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
वैशाख १०, २०७८कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त
वैशाख १०, २०७८