प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७७
RK_Pokhara-A4778

तस्बिर : राधिका कँडेल

पोखरा । गण्डकी प्रदेश सरकार आफैले बनाउन लागेको पहिलो भौतिक संरचनाको प्रधानममन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन् । पोखराको नदीपुरस्थित प्रदेश सभा भवन परिसरको खाली जग्गामा बन्न लागेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका छन् ।

पार्टीका अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्न पोखरा आएको छेको पारेर उनी उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । शिलान्यासपछि बोल्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेर देखाउन चाहेको र त्यही अनुसार काम गर्दै गएको बताए ।

राष्ट्रियस्तरमा पूर्वाधार निर्माणदेखि अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध सुधार र विकासका सूचकांकमा समेत मुलुकले फड्को मारेको दाबी उनको थियो । यही गतिमा अगाडि बढ्ने हो भने सन् २०३० अगावै दीगो विकास लक्ष्य प्राप्ति हुने विश्वास उनले व्यक्त गरे ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा अरुभन्दा अब्बल गण्डकी प्रदेश रहेको सावित गर्न त्यही अनुसार काम गर्दै गएको बताए । प्रदेश आफैले बनाउन लागेको यो पहिलो भवन भए पनि अब धमाधम शिलान्यासका काम हुने उनले जनाए ।

संक्रामक अस्पताल, कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र, पोखराका क्रिकेट रंगशाला अब छिटै शिलाल्यास हुने भन्दै यसका लागि प्रक्रियागत झन्झट मेटाइदिन उनले प्रधानमन्त्री समक्ष आग्रह गरे । प्रदेश विकासका लागि पर्यटन पहिलो शर्त रहेको भन्दै उनले अरु विषयवस्तुलाई समेत समट्दै अगाडि बढेको जानकारी उनले गराए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width