पोखरा । गण्डकी प्रदेशस्तरीय नृत्य र गायनमा प्रतिभाको खोजी हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा सप्तरंगी सास्कृतिक प्रतिष्ठानद्वारा सप्तरंगी प्रतिभाको खोजी–२०७७ हुन लागेको हो ।
यही चैत ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने कार्यक्रमलाई सफल गर्न गोरे गुरुङको संयोजकमा मूल समिति र विभिन्न उप–समिति गठन गरिएको छ । मूल समितिका सह–संयोजकमा जसु गुरुङ र सदस्यहरुमा खिमकुमार गुरुङ, कृष्णप्रसाद भण्डारी, गजेन्द्र गुरुङ, लोकबहादुर गुरुङ, पशुपति गुप्ता जुना क्षत्री, सुकु हिराचन र शारदा भट्टराई रहेका छन् ।
एकल खुला गायन प्रतियोगिता पहिलो चरणको अडिसन बाग्लुङ सदरमुकामस्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ । अडिसनको उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्रेम छोटाले सप्तरंगी प्रतिभाको खोजीले गाउँ–गाउँमा लुकेका प्रतिभाहरुको प्रतिभा प्रस्फुटन हुनेमा आफू विश्वस्त रहेको बताए ।
अडिसनमा गण्डकी प्रदेश बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, गोर्खा जिल्लाका गरी ३३ जना गायक गायिकाहरुको सहभागिता थियो । अडिसनबाट अरुण सुनार (पर्वत), अमन सुवेदी (बागलुङ), हेमलाल विक (कास्की), कुसुम पुनमगर (बागलुङ), समित परियार (बागलुङ), हरिकला थापा (बागलुङ), हेमबहादुर परियार (बागलुङ), शान्त सुनार (बागलुङ), सिम्रिका घिमिरे (बाग्लुङ), निरुता विश्वकर्मा (पर्वत), कृति थापा क्षत्री (बागलुङ), अस्मिता विक (पर्वत) गरी उत्कृष्ट १२ जना दोस्रो चरणका लागि चयन गरिएको उप–समिति सदस्य पिङ्ला भट्टले जानकारी दिइन् ।
पहिलो र दोस्रो चरणको अडिसनबाट उत्कृष्ट १० छनोट गरी प्रतियोगीलाई चैत ७ हुने फाइनल राउण्ड भिडाइने भएको छ । पहिलो चरणको अडिसन बाग्लुङ र पोखरापछि अन्य कार्यक्रम पोखरामै हुने जनाइएको छ ।
प्रतियोगितामा नृत्यतर्फ प्रमाण पत्र र ट्रफीसहित प्रथम पुरस्कार १ लाख, द्वितीय ५० हजार र तृतीय २५ हजार रहेको छ भने गायनतर्फ प्रमाण पत्र र ट्रफीसहित प्रथम पुरस्कार ५० हजार, द्वितीय २५ हजार, तृतीय १५ हजार र सान्त्वना ७ हजार ५ सय रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापित, गायिका लक्ष्मी गिरी र गायक पशुपति गुप्ता थिए ।
दोस्रो चरणको छनोट फागुन २९ गते पोखराको कास्की न्युरोड रोधी क्लबको सभाहलमा हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानका सस्थापक अध्यक्ष नवराज बराल, संगीतकर्मी सज्जन सिंह, महेशचन्द्र प्रधान, सुमन श्रापित र संगीत प्रशिक्षक सूर्य घतानीले बोलेका थिए । कार्यक्रम राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश राजभण्डारीको सभापतित्व सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
धनबहादुर गायकको स्मृतिमा प्रतिष्ठान
अब बाँच्छ सिक्लेसी ठाडो भाका
पर्वतका अरुण बने सप्तरंगी प्रतिभा
प्रवीण गुरुङको स्मृतिमा जन्मभूमिमा साताव्यापी कार्यक्रम
सुनिल गायकको ‘कहिले भइन’ सार्वजनिक
hero news full width
मुख्य समाचार
आरोही महिला फोटो पत्रकारलाई सम्मान
विद्युतीय कारोबार गर्ने पाेखराका १० होटल पुरस्कृत
वैशाख १०, २०७८नेकपा एमालेको स्थायी कमिटी घोषणा, माधव नेपाल र झलनाथ अटाएनन
वैशाख १०, २०७८बाँकेमा भयावह बन्दै काेराेना : संक्रमित बिरामीका लागि शय्या अभाव
वैशाख १०, २०७८कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु
वैशाख १०, २०७८भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी
वैशाख १०, २०७८