नेपालकै ठूलो धनराशिको फुटसल

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७७
Futsal Photo

पोखरा । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो राशिको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

चैत १० देखि १२ गतेसम्म प्रतियोगिता आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो । पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक आशिष क्षेत्रीले बताए ।

फुटबलसँगै फुटसलको विकास पु¥याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक राजन गुरुङले बताए । उनले उक्त प्रतियोगिता नेपालकै ठूलो राशिको रहेको बताउँदै विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३ लाख प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ५० हजार प्रदान गरिनेछ ।

गुरुङले उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्ने खेलाडीलाई नगद २५ हजारबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका क्लबसँगै भारतका केही क्लबसँग समेत प्रारम्भिक कुरा भइरहेको जानकारी दिएका थिए । उक्त प्रतियोगिताको अवधिमा पोखरा क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीहरुलाई फुटबलको विकासमा योगदानको कदर गर्दै सम्मान समेत गरिने संयोजक गुरुङले जानकारी दिए ।

त्यस्तै खेल संयोजक आशिष क्षेत्रीले उक्त प्रतियोगितामा नेपालभरबाट दर्ता भएका क्लबहरुले मात्रै दर्ता पाउने बताए । उनले उक्त प्रतियोगितामा टिम दर्ताका लागि १५ हजार निर्धारण समेत गरिएको बताए ।

उनका अनुसार उक्त प्रतियोगिताको क्वाटरफाइनल खेलबाट म्यान अफ द म्याचको आकर्षक ट्रफीद्वारा खेलाडीलाई पुरस्कृत समेत गरिनेछ । सो प्रतियोगितामा देशभरबाट ३० टिम बढिको सहभागिता रहने र करिब १२ लाख खर्च हुने आयोजकले अपेक्षा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width