नाइकेको विषयमा कारागार भित्रै झडप

सविन लामिछाने
फागुन १६, २०७७
jailbird tanaju

दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते भएका छन् ।

झडपको क्रममा कुल बहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर बिक घाइते भएका हुन् । घाइते मध्ये २ जनाको टाउँकोमा चोट लागेको छ भने अन्य सामान्य घाइते भएका छन् । केही महिनाअघि काठमाण्डौबाट सरूवा भएर आएका कैदीहरूको समूहले आफूहरू माथि आक्रमण गरेको एक घाइतेले जानकारी दिए ।

घाइतेहरूको दमौली अस्पतालमा उपचार पश्चात कारागार फर्काइएको छ। घटनाको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, कारागार प्रशासन बिच छलफल भइरहेको श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमल्सेनाले कारागारमा कुनै घटना नभएको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width