दमाैलीमा माेटरसाइकल दुर्घटना,  २२ वर्षे युवाकाे मृत्यु 

सविन लामिछाने
फागुन १६, २०७७
Damauli accident

दमाैली । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक शनिबार राति मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए।

मोटरसाइकल पल्टँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते भएकी छन् ।उनको अवस्था सामान्य रहेको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा र मोटरसाइकल तिब्र गतिमा भएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width